​अवरोध पन्छाउन अवरोध

कांग्रेस सांसदहरू अहिले संसद अवरोध कार्यमा लागेका छन् । अरू लाग्ने काम नभए पछि संसद अवरोध नै मुख्य कार्य हुन गएको छ । भन्न त यो संसद अवरोध सरकारलाई अप्ठेरोमा पार्न गरिएको भनिएको छ । तर, यसले यथार्थमा अप्ठेरो भने सभापनि शेरबहाद्ुर देउवालाई पो पार्ने हो कि भन्ने शंका छ । किनभने संसद्मा अवरोध पार्ने काम शेरबहादुरप्रति चलाइएको विरोधलाई दबाउन काम हो भन्ने पनि प्रष्ट छ । रामचन्द्र पौडेलहरू शेरबहादुरको कामलाई अवरोध पु¥याउने हिसाबले अघि बढिरहेका छन् ।

फलतः शेरबहादुरले आफूलाई अवरोध पु¥याउनेहरूलाई अवरोध पु¥याउनका लागि सरकारलाई अवरोध पु¥याउने काम गरिरहेका छन् । अब यो आफूलाई अवरोध पु¥याउनेहरू उपर अवरोध गर्न अर्कोतिर अवरोध पार्ने कार्यले वास्तवमा कसलाई अवरोध गर्छ त्यो अहिल्यै भन्न सकिने अवस्था छैन । 

वास्तवमा अवरोधको राजनीति भन्या भने पनि बडो अनौठो हुँदो रहेछ । बल्ल थाहा भयो । कि कसो ?

टिप्पणीहरू