​कसैका निम्ति प्राथमिकता के ?

फष्र्ट लेडी हुँदा हिसिलाका कारण बाबुराम, आरजुका कारण देउवा बदनाम भए । मृदुलाहरूको कारण सुशील कोइरालाको छवि बिग्रिएको पनि देखिएकै हो । तर, अहिले परिस्थिति ठीक उल्टो छ ।

अस्ति नेवारहरूको पर्व योमरी पूर्णिमाका दिन बालुवाटारमै अपराह्न साढे २ बजे प्रधानमन्त्री पत्नी राधिका शाक्यको निम्तो स्विकार्न ८ जना एचआइभी संक्रमित बालबालिका पुगे । उनीहरूले राधिकाकै हातबाट बनेको योःमरी रोटी चाखे । राधिकासँग बच्चाहरू रमाइरहँदा प्रधानमन्त्री पनि उपस्थित भएर । सदाझैं केही क्षण हँसिमजाक गरे । ‘हैन, पाहुनाका अगाडि भरि गिलास हुनुपर्ने, हाम्रा पाहुनाका अगाडि खाली गिलास पो छ त !’ ती बच्चा प्रधानमन्त्रीको हातबाट यो बर्षको जाडो भगाउने न्यानो ज्याकेट पाएर दंग परे ।

रुकुम मुसिकोटका राजकुमार पुनले आफ्नै पहलमा २३ एचआइभी संक्रमित बालबालिकालाई शिक्षा दीक्षा, पालनपोषण गरिरहेको खबर सुनेपछि राधिका केही अगाडि कीर्तिपुर भत्केपाटीमा अवस्थित सफलता स्कूल हेर्न पुगेकी थिइन् । पोहोर साल बालकोटमै बोलाएर ती बालबालिकासँगै दसैं मनायो ओली दम्पतीले । सफलता स्कूलका सञ्चालक पुनका अनुसार यसवर्ष पनि यसले निरन्तरता पाएका हो । दसैंताका बालुवाटारमै एचआइभी संक्रमित २३ बालबालिकालाई बोलाएर ओली दम्पतीले टीका लगाइदियो ।

दक्षिणास्वरूप प्रत्येकलाई सय रुपैयाँ दियो । र, दसैं खर्चस्वरूप ५० हजार सहयोग पनि ग¥यो । अस्ति पनि शिक्षा–दीक्षाका लागि प्रधानमन्त्री पत्नीले स्कूल सञ्चालक पुनलाई एक लाख नगद सहयोग गरेकी हुन् । ती बच्चासँग व्यस्तताका बाबजुद पनि प्रधानमन्त्रीले १५ मिनेट बिताए । हरेकको हालखबर सोधे । र, छिट्टै घुमाउन लैजाने प्रतिबद्धता जनाए । एचआइभी संक्रमित बच्चालाई निजी तथा सरकारी विद्यालयमा भर्ना नलिएको देखेपछि राजकुमार पुनकै पहलमा ०६७ सालमा सफलता सदन स्कुल खोलिएको हो । जहाँ नर्सरीदेखि १० कक्षासम्म पढाइ हुन्छ । ७ जना शिक्षकले २३ एचआइभी संक्रमित बच्चालाई शिक्षादीक्षा दिइरहेका छन् । 

टिप्पणीहरू