माओवादी उपत्यका कमिटी घोषणामा सकसको कारण

माओवादी उपत्यका कमिटी घोषणामा सकसको कारण

माओवादीको प्रदेश सम्मेलनअन्तर्गत उपत्यका प्रदेश विशेष कमिटीको नेतृत्व चयनमा हिजो निकै सकस भयो । सर्वसम्मत नेतृत्व चयनको निम्ति भएको पहलमा लामो रस्साकस्सी परेपछि राति अबेर पदाधिकारीसहित १ सय ४१ सदस्यीय कमिटीको घोषणा गरिएको हो ।

शनिबार बुद्धनगरको क्वालिटी बैंक्वेटमा उद्घाटन र हिजो ललितपुरको भैंसेपाटीस्थित क्वालिटी बैंक्वेटमा भएको बन्दसले जगत सिंखडाको अध्यक्षतमा उपाध्यक्ष कृष्ण केसी, संगीता खड्का र प्रकाश पाण्डे रहेको १ सय ४१ सदस्यीय कमिटीको घोषणा गरेको छ ।

माओवादीको उपत्यका विशेष प्रदेश गैरभौगोलिक प्रदेश कमिटी हो यसमा २५ हजार पार्टी सदस्य रहेको दाबी गरिएको छ । यो कमिटीमा सबैभन्दा धेरै मजदुर र त्यसपछि पेशागत महाशाखा (जिल्ला कमिटी) का कर्मचारीहरु छन् । मजदुरको मात्रै १५ हजारबढी संख्या रहेकाले उनीहरुको दबदबा देखिएको हो ।

त्यसैगरी पेशागतमा कर्मचारी, प्राध्यापक, स्वास्थ्यकर्मीलगायत सबैखालका पेशाकमीहरु छन् । उक्त महाशाखाको प्रमुख यसअघि कृष्ण केसी थिए । अहिले केसी प्रदेश कमिटीको उपाध्यक्ष बनेका छन् ।

माओवादी विशेष प्रदेशअन्तर्गत छ वटा जिल्ला कमिटी आबद्ध छन् । त्यसमा मजदुर जिल्ला कमिटी, पेशागत जिल्ला कमिटी, उद्योग व्यवसायी जिल्ला कमिटी, युवा जिल्ला कमिटी, विद्यार्थी जिल्ला कमिटी र सञ्चार तथा सांस्कृतिक जिल्ला कमिटी हुन् ।

२५ हजारबढी सदस्य रहेको कमिटीको हिजो सम्पन्न अधिवेशनमा ६ सय २९ जना प्रतिनिधि सहभागी रहेको बताइन्छ ।

टिप्पणीहरू