जनताको मन जितौं, तनाव र तरङ्गमा नबगौं

छिमेकी भारतको परिवर्तित राजनीतिक सन्दर्भ, अर्थात् हिन्दूवादी दल भाजपा झन् शक्तिशाली भएको परिस्थितिले साथ दिन्छ र पुनस्र्थापना सहज हुन्छ भन्ने बुझाई बोकेकाहरूले पूर्वराजाको नाममा चलखेल शुरु गरेका छन् । सुरेन्द्र भण्डारी र सुरेन्द्र केसीले भेटेपछि पुससम्म पर्खन भनी गरिएको कोठे चर्चाले भन्छ, उनी समय हातबाट जान लागिसक्यो भनेर अत्तालिएको पनि हुनसक्छ । 

हिन्दूराज्य पक्षधर भाजपाले यही बहानामा राजतन्त्र पुनस्र्थापनाको कुरा उठायो भने नेपालको राजनीतिक प्रणालीलाई नै पल्टाउनतिर लाग्यो भन्ने पर्छ । यस्तो बुझाई भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको हालै सम्पन्न भ्रमणमा पनि व्यक्त भएको छ । यसबीच, यताका केही राजनीतिक नेताले राजाको पुनस्र्थापना र हिन्दू धर्मको कुरा उठाएका छन् । कांग्रेसमा त यो नाममा अलग विचार समूह नै बनिसकेको पाइन्छ । 

नेपालमा यही परिस्थितिबीच राजसंस्था पुनस्र्थापित हुने सम्भावना कतैबाट देखिँदैन । तर, विश्व राजनीतिमा यस्ता केही अपवाद भने छन् । बेलायतमा सन् १६४९ मा ओलिभर क्रम्बेलले थालेको आन्दोलनपछि राजा फ्याँकिए । पछि १६६० मा अर्को राजा ल्याएर स्थापित गरियो । त्यहाँ अहिले पनि सेरेमोनियल राजतन्त्रको नाममा महारानी एलिजाबेथ पदासिन छन् । कम्बोडियामा पनि अपदस्थ भएका राजा नरोद्दम सिंहानुक फर्किएको इतिहास छ । तर, यहाँ भने नेपाली जनताको चेतनाका हिसाबले थपक्क ल्याएर राख्ने सम्भावना छैन । विदेशी शक्तिले फ्याँक्न मद्दत गरे पनि राजा फर्काउन सक्ने परिस्थिति तत्काल देखिन्न । 

१८ औँ शताब्दीमा युरोपमा फ्रान्स र जर्मनीबीच द्वन्द्व हुन्थ्यो । जसले जित्थ्यो, उसले युरोपभरि दादागिरी चलाउँथ्यो । सन् १९०५ सम्म नर्वे, डेनमार्क र स्वीडेन एउटै राज्य थिए । नर्वे त्यसबेला ब्रिटेनको मातहतमा थियो । कहिले डेनमार्कलाई यसको मातहतमा बस, कहिले नर्वेलाई अर्को मातहत बस भनेर जित्ने पक्षले दबाब दिइरहन्थ्यो । यसरी जर्मनी र फ्रान्सले हाम्रो निर्णय गर्ने ? भन्दै नर्वेले प्रश्न उठाएपछि नै आत्मनिर्णयको अधिकारको कुरा उठेको हो ।

प्राप्त आत्मनिर्णयको अधिकारको कारण आजसम्म ऊ अलग राष्ट्रका रुपमा, कसैको अधीनमा नबस्नुपर्ने अवस्थामा छ । त्यसैले आजको जमानामा कुनै विदेशी शक्तिले चाहँदैमा नेपालमा राजा फर्किने अवस्था देखिँदैन । सत्तारुढ र प्रतिपक्षी दलहरूले जनताको मन जित्ने काम गरेमा कुनै हल्लादेखि तर्सन पर्दैन, तनाव लिएर तरंगित हुनै पर्दैन । मुख्यकुरा जनता हुन्, तिनले ०१५ सालमा दललाई दुई तिहाई दिएका थिए अनि त्यसरी सत्तामा पु¥याएको दल सत्ताच्युत गरिँदा दीपावली पनि गरेकै थिए ।

टिप्पणीहरू