​पाहुना आउँदा के के गर्नुपर्ला ?

लामो समयको चर्चा र प्रतिक्षापछि अन्ततः चिनियाँ राष्ट्रपति सि जिनपिङलाई नेपालले आफ्नै भूमिमा स्वागत गर्न पाउने भएको छ । चीनले औपचारिक रुपमा भ्रमणबारे सार्वजनिक नगरे पनि सरकारी च्यानलबाट त्यस्तो सूचना दिइसकेको छ ।

सूचनाकै आधारमा आवश्यक तयारीका निम्ति नेपालको सरकारी संयन्त्र पनि परिचालित भइसकेको छ । अक्टोबर पहिलो साता, अर्थात् नेपालीको सबैभन्दा ठूलो पर्व दशैंले छपक्क छोपेको बेला चिनियाँ राष्ट्रपति काठमाडौं ओर्लिने तयारी शुरु भएको छ । राष्ट्रपतिको भ्रमणसँगै चीनले नेपाललाई सरप्राइज दिँदैछ, वर्षौंदेखिको चर्चा र तयारीलाई मूर्त रुपसँगै । अर्थात्, सिगात्सेलाई केरुङसँग जोड्ने रेलमार्गको तयारी हो यो । नेपालबाट डेढ सय किलोमीटरको दूरीमा रहेको केरुङसम्म रेलमार्ग ल्याउने गरी अगष्ट १७, अर्थात् साउनको ३२ गतेदेखि काम थालिरेको छ । यसले पनि भन्छ, सि अब त आए–आए !

चिनियाँ राष्ट्रपति आउने सूचनासँगै उनको भ्रमणलाई व्यवस्थित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डयनका प्राविधिकहरुको व्यस्तता बढेको जिएम राजकुमार क्षत्रीले बताएका छन् । यसनिम्ति नवनियुक्त पर्यटनमन्त्रीको नेतृत्वमा तयारी बैठकसमेत बसिसकेको छ ।

नागरिक उड्डयन प्राधिकरणले चाहिँ गत वर्ष, अर्थात् ०७५ सालको वैशाख १ गते प्रधानमन्त्री केपी ओलीले रारा पुगेर राष्ट्रका नाममा संबोधन र क्याबिनेट बैठक राख्ने क्रममा भएको त्रुटिलाई शिक्षाका रुपमा लिएको छ । यस क्रममा भण्डारण गरिएको इन्धन पुग्दोमात्र हैन, बढी नै छ । तर, तेल हाल्ने पाइप बिग्रिएर एक घण्टा पोखरामै जहाज थन्किनुपरेको थियो । 

यस्ता, देखिँदा सानो तर गम्भीर प्रकारका त्रुटि नदोहो¥याउने गरी तयारी शुरु भएको बताइन्छ । त्यसक्रममा प्रम केही समयअघि झापाबाट काठमाडौं फर्कंदा टावरले कुरा नबुझेर यतिको उडान होल्डमा राखेजस्तै चिनियाँ पाहुना चढेको जहाज सिमरा नपुग्दै विमानस्थलको जाम क्लियर हुनुपर्ने, लेजर, चरा, रनवेमा तेल चुहावट र गाडीजस्ता अवरोधहरु देखिन नहुनेबारे आफूलाई पुराना कमजोरी कोट्याउँदै ध्यानाकर्षण गराइएको मन्त्री भट्टराईले जनआस्थालाई बताए ।

टिप्पणीहरू