प्रादेशिक मन्त्रीलाई पैसा प्रशस्त
तलका मन्त्रीले शक्तिकेन्द्रलाई कसरी पुच्छन् र दीर्घकालसम्म पद जोगाइरहन्छन् भन्ने रमाइलो तथ्य जनआस्थाले फेला पारेको छ ।
प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले भारतमा व्यापार गर्ने आफ्ना छोरालाई ठेक्कापट्टा र सामान खरिदलगायतको काममा लगाएका छन् । टिएडिएको नाममा एक जना मन्त्रीले तीन लाखभन्दा बढी बुझेका छन् ।
७५ लाखको तीन वटा आयुर्वेद अस्पताल बनाउन मन्त्री साहले जिम्मा लगाउँदा केन्द्रका स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादवले केन्द्र सरकारले दिने अनुदान भनेको औषधि किन्न, कम्पाउण्ड लगाउनका लागि मात्र हो । केन्द्र सरकारले नै जिल्ला–जिल्लामा अस्पताल बनाउने नीति लिएको कारण तपाईंहरू यतातिर हात नहाल्नुहोस् भन्दा पनि मानेनन् । राजेन्द्र महतोको कोटाबाट मन्त्री भएकाले त्यहाँबाट आएको हिस्सा उनलाई पु¥याउने गरेको स्रोतको दाबी छ ।
उता, महन्थ ठाकुरको कोटाबाट आर्थिक तथा पूर्वाधारमन्त्री बनेका जितेन्द्र सोनल राम्रैसँग बजेट सिध्याउने धन्दामा छन् । हजार–पन्ध्रसय घुस खाएको अभियोगमा खरिदार र नासुलाई अँठ्याउने अख्तियारको आँखा प्रदेशका मन्त्रीहरूले गरिरहेको करोडौं अनियमिततातर्फ पर्न सकेको छैन । पहिलो संविधानसभामा विकास समितिको सभापति हुँदा २० हजारमा ¥याल चुहाएको आरोप उनीमाथि लागेको छ । सोही मन्त्रालयमा अनिल झाकी श्रीमती डिम्पल पनि छिन् । यी दुईबीचको झगडा बेलाबखत बाहिर आउने गरेको छ । वन मन्त्रालयको जिम्मेवारी सम्हालेका रामनरेश रायले महेन्द्र यादवबाहेक अरूलाई गन्दैनन् ।
पर्यटन विकासमा लगाउनुपर्ने बजेट कार्यकर्ताको नाममा मन्दिर र मस्जिदमा वितरण गरेका छन् । अर्थमन्त्री विजय यादवले केन्द्रमा झलनाथ खनालको नेतृत्वअन्तर्गत १३ दिनसम्म आपूर्ति मन्त्री भइसकेको हुँदा आफू लालबाबु राउतभन्दा सिनियर भन्दै आएका छन् । त्यहाँका सभामुख सरोज यादव मदिरा पार्टनर भएको हुँदा उनले जति माग्यो त्यति रकम उपलब्ध गराउँछन् । त्यहाँका सभामुखको च्याम्बर संघीय सभामुख कृष्णबहादुर महराको भन्दा आकर्षक रहेको बताइन्छ । न अख्तियारले हेर्ने, न त राजपाको अध्यक्षले नै हेर्ने यस्तो हुँदा त्यहाँ मनपरीतन्त्र चलेको छ ।
टिप्पणीहरू