हैरान पारे यिनले हजुर

अख्तियार पदाधिकारी हुन् कि कर्मचारी, बदमासी गरे कोही बाँकी नरहने दृष्टान्त त छन् । तर, अझै पनि अख्तियारभित्रैबाट बद्मासी र चलखेलका समाचार आउँदैछन् ।

दक्षिणबाट उत्तरतर्फ बग्ने नेपालको एकमात्र खोला हो, कर्मनासा । ललितपुर उपमहानगरपालिकाको वडा नं. २८, २९ र ३० हुँदै बग्ने यो खोला, त्यसको किनारा र बगर (हात्तीबनदेखि हरिसिद्धिसम्म) मध्ये तीन सय रोपनी जमिन लिटिल एञ्जल्स स्कुलका मालिक उमेश श्रेष्ठले व्यक्तिको नाममा दर्ता गराएका छन् । ०७३ सालमै उपत्यका विकास प्राधिकरणका योगेशकृष्ण पराजुली, उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डे, जिविस ललितपुरका स्थानीय विकास अधिकारी पशुपति पोखरेल र मालपोत प्रमुख नारायणप्रसाद आचार्यसमेतलाई प्रतिवादी बनाएर अख्तियारमा परेको उजुरी लामो समयदेखि तामेलीमा छ । त्यसमाथि अहिले उमेश श्रेष्ठले तीन सय रोपनी जमिन आफ्नो र नातेदारहरुको स्वामीत्वमा ल्याएपछि सरोकारवाला हेरेका हे¥यै छन् । न अख्तियारले मुद्दा हेर्छ, न महानगर बोल्छ † पत्ता लाग्यो– अख्तियारका प्रमुख आयुक्तको सचिवालयभित्रै उमेशको पहुँच छ । त्यहाँ कार्यरत प्रमुख आयुक्तका एकजना सहयोगीले भित्रबाट भूमिका खेल्ने, बाहिरतिर प्रमुख आयुक्तको नातेदारसमेत रहेका प्रहरीका भूपूडिआइजी ठाउँ–ठाउँमा मिटिङ गर्दै हिँड्ने ।

प्रमुख आयुक्तकै नाममा चलखेल गर्ने गिरोहको अर्को धन्दा छ, बालुवाटारको बहुचर्चित ललिता निवास प्रकरणमा छानवीनको दायराबाट केही व्यक्तिलाई मुक्त गराउने । यसका लागि किया मोटरका नेपाली डिलर तथा कन्टिनेन्टल ट्रेडिङका सञ्चालक सुहृद घिमिरे र भूपू डिआइजीबीच बाक्लो कुराकानी चलिरहेको छ । ललिता निवास हाताभित्रको १४ रोपनी जमिन सुहृदकी पत्नी इन्दूको नाममा दर्ता कायम भएको छ । त्यहीँ आइएमई गु्रपका मालिक चन्द्र ढकालको पनि जमिन छ । तर, चन्द्र अख्तियार मिलाउने मामिलामा देखिने गरी लागेका छैनन् । उनको तर्फबाट पनि सुहृदले सल्लाह गरिरहेको बताइन्छ । सुहृद उनै व्यक्ति हुन्, जसको अजेयराज सुमार्गीसँगै स्रोत नखुलेको सम्पत्ति ब्रिटिश भर्जिन आइल्याण्डबाट भिœयाउने मामिला रोक्कामा परेको छ । उनी गोकर्ण गल्फ क्लबका अध्यक्ष पनि हुन् ।  

टिप्पणीहरू