१ करोड ७७ लाख मतदाताको टुंगो लाग्यो

१ करोड ७७ लाख मतदाताको टुंगो लाग्यो

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि आज बसेको आयोगको बैठकले अन्तिम नामावली टुंगो लगाएको हो । जसअनुसार १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् ।

जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५ सय ३० जना रहेको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।

सबैभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २ सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ ।

टिप्पणीहरू