२४ घण्टा एमालेमा नटिकेका डल्लाकोटी को हुन् ?

२४ घण्टा एमालेमा नटिकेका डल्लाकोटी को हुन् ?

हिजो मात्रा केपी ओलीबाट खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको बेनीघाट रोराङ गाउँपालिकाका पित्तबहादुर डल्लसकोटी (हरि) मूल पार्टीमै फर्किएका छन् ।

समकक्षी नेता,कार्यकर्ताको दवाबपछि एमाले प्रवेश गरेको चौबिस घण्टा नबित्दै उनी माओवादीमै फर्किएका हुन् । आजै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कट्टेललाई हेटौंडामा भेटेर बिज्ञप्तीमार्फत आफू माओवादीमा फर्किएको जानकारी गराएका छन् ।

उनी पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली निवास बालकोटमा पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए । यसअघि नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीको सदस्य समेत थिए ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष हुन् । एमाले पृष्ठभूमिमा हुर्किएपनि द्वन्द्वताका माओवादीमा लडेका डल्लाकोटी १५ वर्षदेखि निरन्तर माओवादीकै विभिन्न संगठनहरुमा सकृय थिए ।

पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर डल्लाकोटी अध्यक्षमा बिजयी भएका हुन् ।

टिप्पणीहरू