धादिङ र चितवनको सिमानामा झडप

धादिङ र चितवनको सिमानामा झडप

धादिङ र चितवनको सिमानामा मौवाखोलामा विभिन्न जिल्ला घर भएका पैदल यात्रुलाई रोकिएपछि झडप भएको छ ।

जिल्ला प्रशासन धादिङले धादिङपट्टिको सिमाना र चितवनले आफूपट्टी पैदल यात्रीलाई रोकेपछि मौवाखोलावासीले आफूलाई संक्रमणको जोखिम बढ्न सक्ने भन्दै विरोध गर्ने क्रममा झडप भएको हो । स्थानीयहरुले अत्यावश्यक सवारी साधनलाई समेत रोकेर विरोध जनाएपछि झडप भएको हो, यात्रीहरु न काठमाण्डौ फर्कने न अघि बढ्न पाउने भएपछि पुलमाथि बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै काठमाडौसँग जोडिएको धुनिबेसी (खानीखोला) नगरपालिका पिपलामोडदेखि चितवन जोडिएको बेनिघाट रोराङको मौवाखालासम्म पास नभएका सवारी साधन र पैदल यात्रामा रोक लगाएको थियो ।

टिप्पणीहरू