‘कोभिड–१९’ को उत्पत्ति : चीनमा कि अमेरिकामा ?
चिनियाँ डाक्टर तथा लेखक प्रा.डा. वाङ चुङले कोरोनाभाइरसबारे लेखेको लेख एक अनलाइनले २ फागुन, २०७६ मा प्रकाशित गरेको थियो । सो लेखमा उल्लेख भएअनुसार, सन् २०१९ को डिसेम्बर–२६ मा ‘शांघाई सार्वजनिक स्वास्थ्य क्लिनिकल सेन्टर’ को वैज्ञानिक अनुसन्धान परियोजनाले वुहान सहरीया केन्द्रीय अस्पताल तथा वुहान रोग नियन्त्रण र रोग रोकथाम केन्द्रबाट पठाइएको अस्पस्ट कारणले ज्वरो लागेको बिरामीको नमुना संकलन गरेको थियो । डिसेम्बर २६ मै हुपेई प्रान्तको परम्परागत चिनियाँ र पश्चिमी चिकित्साको एकीकृत अस्पताल अन्तर्गत श्वासप्रश्वास चिकित्सा विभागका निर्देशक झाङ जि सियनले आफ्ना बिरामीहरुलाई उपचार गराउने क्रममा ४ जना असामान्य निमोनिया लागेका विरामी भेटे । यसरी ‘कोरोनाभाइरस निमोनिया’को प्रकोप आकस्मिक रुपमा सुरु भयो । जसलाई सुरुमा ‘नोबेल कोरोनाभाइरस’ (एनसीभी) नाम दिइयो भने, हाल ‘कोरोनाभाइरस डिजिज–२०१९’ को छोटकरी नाम (कोभिड–१९) ले चिनिन्छ । यसरी (कोभिड–१९)
रोगको महामारीको भाइरस चीनबाट औपचारिक रुपमा सुरु भएको मानिन्छ वा भनौं चीन सरकारले औपचारिक रुपमा स्वीकार गरेको हो ।
यो लेखमा किन कोरोनाभाइरस (कोभिड–१९) रोगको महामारीको भाइरस चीनबाट औपचारिक रुपमा सुरु भएको वा चीनले औपचारिक रुपमा स्वीकार गर्यो भनेर लेखिएको हो भने, चीन र अमेरिकाले सरकारीस्तरमै तिमीले (अमेरिकाले चीनले फैलाएको भन्ने र चीनले अमेरिकाले फैलाएको भन्ने) फैलाएको भनी एकआपसमा हिलो छ्यापाछ्याप गरेका थिए÷गर्दै छन् । कतिसम्म भने, अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र राष्ट्रपति डोनाल्ड ट्रम्प महोदयले त (कोभिड–१९) को नाम नै ‘वुहान भाइरस’ वा ‘चिनियाँ भाइरस’ राख्नुपर्ने अडान राखेका थिए । स्मरणीय छ, मार्च १६ तारिखका दिन अमेरिकी राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्पm (कोभिड–१९) लाई ‘चिनियाँ भाइरस’ भनी उल्लेख गरेका थिए । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला समितिको कार्यलयका प्रमुख याङ चेछले कटनीतिक माध्यमबाट अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग फोन वार्ता गरेका थिए । सो वार्तामा अप्रत्यक्ष ढंगले ‘केही अमेरिकी राजनीतिज्ञले कोभिड १९ बारे गरेको टिप्पणीलाई चिनियाँ जनताले निको … नमानेको अवगत गराएका थिए ।’
जे भए तापनि, काठमाण्डौबाट प्रकाशित हुने नेपाली भाषाको एक दैनिक (नागरिक दैनिक) मा चैत २९ गते शनिबार (विसं २०७६) एक चिनियाँ लेखिका चु मेइ (ललिता) ले ‘कसले गर्यो चाइनिज भाइसरको सिर्जना ?’ शीर्षकमा एक लेख लेखेकी थिईन । (जो चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) को नेपाली सेवामा कार्यरत छिन्) उनले सो लेखमा उल्लेख गरेअनुसार ‘केही समयअघि अमेरिकी कांग्रेस (संसद !) को प्रतिधनिधिसभाले आयोजना गरेको कोभिड–१९ महामारीको सुनुवाई बैठकमा सांसद हार्ली रोडाले प्रश्न गर्नुभयो ‘–फ्लुबाट केही अमेरिकीको मृत्यु भएकामध्ये केहीमा कोरोनाभाइरसको संक्रमण भएको थियो कि थिएन ? जवाफमा अमेरिकी रोग नियन्त्र तथा रोकथाम ‘सीडीसी’ प्रमुख रोबर्ट रेडफिल्डको जवाफ यस्तो थियो –वास्तवमा अमेरिकाले केही बिरामीहरुमा कोरोना भएको पत्ता लगाएको छ । उहाँको यो सूचना गम्भीर र ध्यानाकर्षित छ । यो जवाफले अमेरिकामा कोभिड १९ स्रकमित बिरामीको मृत्यलाई फ्लुका कारण भएको भन्दै गलत निदान भएको पुष्टि भएको छ । जसले कोभिड १९ अमेरिकाबाट सुरु भएको शंकालाई प्रमाणित गर्ने सुविधा दिएको छ । सन् २०१९ सेप्टेम्बरदेखि अमेरिकामा फ्लु सुरु भएको थियो । ‘सीडीसी’को जानकारीअनुसार यो फ्लुको क्रममा कम्तिमा ३ करोड ७० लाख मानिसमा संक्रमण भएको जसमध्ये २२ हजार व्यक्तिको मृत्यु भएको थियो । अक्टोबरमा ७ औं विश्व सैन्य खेलकुदमा भाग लिन अमेरिकी सैन्य खेलाडीहरु चीनको वुहानमा आएका थिए । सो अवधिमा … । पदकको संख्याको आधारमा अमेरिका ३५ औं स्थानमा परेको थियो, नतिजा अमेरिकाको बलियो सैन्य शक्तिसँग मिल्ने कुरा थिएन । … ।’ भनी लेखेकी छिन् ।
यसरी हेर्दा हाल विश्वलाई नै त्राहीमाम !, त्राहीमाम !! बनाई रहेको कोरोनाभाइरस (कोभिड १९) को महामारीको सुरुवात अमेरिका वा चीनबाटै सुरु भएकोमा भने अब कसैले पनि अस्वीकार नगर्लान् वा भनौं विवाद नगर्लान् कि ! भन्न सकिन्छ । हुन पनि आजका मिति (विसं २०७७ वैसाख ६ गते बिहान १०ः५५ बजे) सम्ममा विश्वको २१० देशमा फैलिएको, २२ लाख ५१ हजार ८०० चानचुन मानिस प्रभावित वा भनौं बिरामी भएका छन् । त्यस्तै १ लाख ५४ हजार ३०० भन्दा बढी मानिसको मृत्य भईसकेको छ भने, ५७ हजार १३० चानचुन मानिसहरु अभैm सिकिस्त बिरामी अवस्थामा छन् भने, ५ लाख ७४ हजार ७०० चानचुन बिरामीहरु पूर्ण रुपमा निको भएर घर फिर्ता भएकाहरु पनि छन् । जे भए तापनि विश्वलाई नै त्राहीमाम ! बनाई रहेको कोरोनाभाइरस (कोभिड १९) को महामारीको सुरुवात अमेरिका वा चीनबाटै सुरु भएकोमा भने अब यी दुबै देशका सरकार प्रमुखहरुले अस्वीकार नगर्लान् कि ! त्यसो त (कोभिड–१९)’ को भाइरसले टाउको उठाएकको लगभग २ महिनापछि (मार्च ११ मा) संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वभरि फैलिएको वा फैलन सक्ने महामारी (प्यान्डेमिक) भनी घोषण गरेको थियो ।
त्यसो त सुरुमा चीनमा मात्रै ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) रोग फैलदा केही देशहरुले खुच्चिङ भने भैmँ गरेका थिए । तर, आज तिनै देशहरुलाई कोरोनाभाइरस डिजिज–२०१९ (कोभिड–१९) को महामारीले बढी समस्या ग्रस्त बनाएको छ । तर, केही देशले भने, वेलैमा आफ्नो देशमा ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) बाट पर्ने असरलाई दृष्टिगत गरी पहिले नै सावधानी अपनाएकोले गर्दा हालसम्म पनि ती देशमा (कोभिड–१९) ले धेरै धनजनको असर परेको छैन, उनीहरुलाई अपेक्षित धेरै सताएको छैन । यस्तो देशहरुमा सिंगापुर, दक्षिण कोरिया, जर्मनी, बेल्जियम, स्वीट्जरल्यान्ड, क्यानडा, भुटान आदि पर्छन् । जसले वेला छँदै र ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’ (कोभिड–१९) को संक्रमण आफ्नो देशमा फैललिनुभन्दा अघि नै सकारात्मक ढंगले पाइला चाली हाले । जस्तै सिंगापुर विश्वकै पर्यटकीय र व्यापारिक ‘हब’मध्येको एक देश भएर पनि आफ्नो देशमा ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९ अर्थात् (कोभिड–१९) को भाइरसको संक्रमणले धेरै ठूलो स्केलमा टाउको उठाउन पाएन । हालसम्म सिंगापुरमा ५ हजार ५० जनालाई (कोभिड–१९) को भाइरसको संक्रमणले बिरामी बनाएको छ भने, ११ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २२ जना सिकिस्त बिरामी छन् । उता भुटानमा पनि हालसम्म ५ जनाभन्दा बढीमा कोभिड–१९ रोग’को भाइरसको संक्रमणको कारणले बिरामी भएको देखिएको छैन । ती ५ जनामध्ये पनि २ जना निको भएर घर फर्की सकेका छन् भने भुटानमा हालसम्म १ जनको पनि ज्यान गएको छैन ।
तर, नेपालमा भने लकडाउनअघि ६५ देशको हवाई उडान स्थगित गर्दा केही देशको हवाई उडानहरु भने निर्वाध रुपमा चलेको थियो । फलतः नेपालमा गएको २ दिनभित्र १६ जना (हाल केही बढी नै) कोरोना ‘पोजिटिभ’हरु देखिएका छन ्। त्यस्तै त्यही ताका सिंगापुर, थाईल्यान्ड, भारत, चीन, कोरिया लगायत देशबाट आएका हजारौं हवाई यात्रुहरु र नेपाल–भारत सीमाबाट अनियन्त्रित ढंगले नेपाल छिरेका लगभग डेढ लाख नेपालीहरुले ‘कोरोनाभाइरस’ नामक संक्रामक महामारीको भाइरस लिएर आएका छैनन्ग/एका छैनन् भन्ने के ग्यारेन्टी छ र ? त्यसैले आगामी केही दिनभित्र यो भन्दा पनि बढी संख्यामा कोरोनाभाइरसका ‘पोजिटिभ’हरु देखा परेमा अचम्म नमाने हुन्छ । अझ अचम्म त के भने, ती मध्ये केही मान्छेहरु सहरबजार र गाउँघरमा अभैm पनि भूमिगत रुपमा बसेका छन् । समाचारहरुमा जनाइएअनुसार तिनीहरुलाई प्रहरीले धुईँ–पत्ताल खोज्दा पनि भेटेका छैन ! नेपालमा कोरोनाभाइरस ‘पोजिटिभ’ ‘स्टेज–३’ मा गएमा हाम्रो देशको हालत के होला ? तर, कामना गरौं, त्यस्तो अवस्था हाम्रो देश नेपालमा नआओस् । तापनि हालसम्म नेपालमा ३० जनामा (कोभिड–१९) को ‘पोजिटिभ’ देखिएको छ ।
हाल विश्वलाई नै त्राहीमाम ! बनाई रहेको कोरोनाभाइरस (कोभिड १९) नामक रोगको भाइरसको महामारीको सुरुवात अमेरिका, चीन वा विश्वका अरु जुनसुकै देशबाट सुरु भएको भए तापनि यो महामारीबाट बच्न हामी सबैले सक्दो सचेतता अपनाऊँ ! विषय विज्ञहरुले अब कोरोनाबाट बच्न केही अप्ठेरो छैन, सबै ठीकठाक छ, अब यो भाइरस नियन्त्रमा आयो ! नभनेसम्म हामी सबैले सावधानी अपनाउँदै सकेसम्म आ–आफ्नो घरभित्रै सुरक्षित ढंगले बसौं । किनभने, हालसम्म यो भाइरसको महामारीबाट बच्ने÷बचाउने कुनै औषधि वा भनौ खोप/भ्याक्सिनहरु बनेको छैन ।
टिप्पणीहरू