बालुवाटारको बाँसुरीमा श्रमिकको बिलौना
प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप थियो– वैशाख ५ गते देशका ठूला सञ्चारमाध्यमका सम्पादकहरुको सामु । ताजा हैन, बासी तस्बिरहरु हालेर भ्रम फैलाउने, हाम्रो राम्रा काम नदेख्ने, सकारात्मक प्रचार नगर्ने, कुविचार ग्रस्त सोचहरु छ भन्ने खालका आरोपहरु थिए । ख्वामितका भक्तमण्डलीहरुले त्यही बाणीलाई सामाजिक सञ्जालमा भाइरल बनाउने प्रयास गरेका थिए । यो लकडाउनको २६ औ दिनको कुरा हो
देशभर कोरना भाइरसको कहरले लकडाउन चलेको थियो ।२०७६ चैतमा ३० गते एउटा टिभीमा प्रसारित सामग्री थियो । जहाँ एक मजदुर रुँदै थिए । उनी आँसुमिश्रित स्वरमा भन्दै थिए । एक मुठी चामल र पानी दिने केही भएन, हिँडेर आएँ । यो देशको माटामा सरकार सम्झेर आँशु बगाउनेहरु ब्यापक थिए । देशभरि थिए । सामाजिक सञ्चार माध्यमहरुले गरिबहरुको यो लापालस्करको हैरानीका कथाहरुलाई महत्वका साथ प्रचार गरेका थिए । त्यो फलाअप भइरहेको थियो । त्यतिमात्रै होइन, सञ्चारमाध्यमहरु मध्यस्थता गर्दै थिए । हुनेले नहुनेलाई दिने अभियान जारी थियो । सरकार बेलाबखत आदेशहरु फर्मान गर्दै थियो ।
मानव समुदायमा आउने हरेक महामारी र विपत्तिले मेहनतकस श्रमिक जनतालाई सास्ती दिँदै आएको छ । भुइँमान्छेहरुलाई हैरानी दिँदै आएको छ । श्रमजीवी समुदायले यस्ता विपत्तिहरुलाई सामना गर्दै आएको इतिहासका तथ्यहरु भेटिन्छन् । आर्जन गर्ने किसान मजदुर ठगेर खाने सामन्तहरु भन्ने रुपचन्द्र विष्टको भनाइजस्तै छ । यतिबेला हुनेखानेहरु बसेर खादै छन् र श्रमका खानीहरु भोको पेटमा विजोडि चप्पल पडकाउदै कोरनाको जन्तीका जने लस्करमा देशभर पैदल यात्रामा छन । यही कारुणीक बर्तमानका दृश्यहरु नियाल्दै गर्दा लेखक सुदीप श्रेष्ठले २०७७ वैशाख ३ गते आफ्नो अनलाइनमा उतारेका थिए एक तथ्य । इतिहास र राजकीय सत्ता संस्कृतिको बडो गजब थियो त्यो चित्र । पोखराका सुनील उलकले उक्त लोकगीत नेपालीमा अनुवाद गरेका छन । जसले रैतिहरुको कथा बोलेको थियो ।
जब मान्छे जीवन जगतको पहँुचमा भएको सबै आशाहरुबाट समाधानको बाटो बन्द भएको महसुर गर्छ । त्यसपछि त्यो मान्छे देवीदेवता पुकार्न थाल्छ । त्यस्तो थियो उबेलाको त्यो कथा । राजा रणबहादुरले कुनै अलाप नसुने पछि उनीहरुले अलाप गरे शितला माजुको । हे शितला माजू । लाख,लाख बिन्ती गर्छु ,लोकको उद्धार गर्नू । शितला माजू,उनीहरुको अलाप विलाप थियो । हेर्नुहोस् प्रजाको कस्तो दुःखको हालत, नसुनेको नदेखेको बिफर नलागेको बच्चा राख्न नपाउने हाम्रो महाराजको हुकुम आयो यस्तो ।भन्दै महाराजको विरुद्धको माताको गुहार थियो । उनीहरुले भने जस्तै थियो यो बेला पनि लकडाउन र त्यसको हुकुममा गाँस र बासको खोजीमा सडकमा निस्केका विरामी देखी डाक्टरसम्मले भोगेको सास्ती र पुलिसका लाठीको पिडाका कथा जस्तै उबेला पनि सिस्नो पानि भेटेका रहेछन् जनजनले हेरौ एक अंश ।
खानलाई केही छैन,
लगाउने कपडा छैन
बस्नलाई बास छैन,
लट्ठी होइन, कोर्रा होइन
सिस्नो मुठोले हानी हानी
सिपाहीले घेरेर ल्यायो ।
यसरी राजाका सिपाहीको अत्याचार माथि विद्रोह बोल्न नसकेका ति गरिबहरुको सामु उही सितला माजुका सामु पुकार गर्नु सिवाय अरु केही थिएन उपाय । राजनीतिमा अनेक दाउ पेच हुन्छ । उपत्यकाका नेवारहरुसंगको राजनीतिक सत्ता हत्याउन उनका हजुरबा पृथ्विनारायण शाहले गोर्खा राज्यबाट आउदा गरेको आर्थीक र संस्कृतिक साझेदारीलाई सम्झाउदै पनि गरेका रहेछन् विन्ती पुकार सितला माजुलाई हेरौ अर्को अंश ।
गोरखा राजालाई बिन्ती गर्छु
कस्तो सजाय तिमीले दियौ,
गोरखा देशबाट आएर
नेपाल राज्यका राजा भएका
क्षत्रपति श्री रणबहादुर तिम्रा कारणले
जनताले दुस्ख पाए ।
यो शितला माजुको प्रार्थना गितले उजेलेको थियो हाम्रो सत्ताको असलि चरित्र। हाम्रो शासकहरुको चित्र । जो २२३ वर्ष अघिको यथार्तता थियो जस्तो आजको ब्यथा उस्तै छ हिजो कथा जस्तो । यो सत्ताको सिहासनको चरित्र अहिले पनि उस्तै झल्को थियो । इतिहासको यो कारुणीक पुुनरावृतले नबदलिएको हाम्रो सिंहासनको चित्र र चरित्रको चित्रण हो ।
आज भन्दा ठिक २१९ बर्ष अघि वि.स १८५८मा राजा रणबहादुर शाहले उपत्यका निकाला गर्न आदेश दिएका निरोगी जनहरुले लालाबाला बोकेर पुर्वमा भोटेकोशे र पश्चिममा म¥र्याङदी काटदा के पिडा थियो होला ?उबेला न त अहिले जस्तो सञ्चार माध्यम थिए यदी भएका भए कति आउथ्यो होला विरहका गाथाहरु । एक उपन्यास भन्दा ठुला कथा ब्यथा थियो त्यो शितला माजुको प्रार्थना गितमा । महाराजका रोगी सन्तानलाई बचाउन निरोगी जनतालाई सास्तीको पिडा भन्दा अधिक छ आजका श्रमीक जनका आँशु जो पैदल कोशी र कर्णाली तरेका छन । यो सम्वृद्धिको शहर छोडर । तिनको आशुकथा शितला माजुको पुकारवाला गित भन्दा काम दर्दनाक छैन ।
बसाई हिडनेको तातीले,बस्नेको मन रुवाउछ
लाखौको लागी उजाड छ यो देश
मुठिभरलाई त स्वर्ग छ ।
लब प्रधानको शब्द र जेवि टुहरेको स्वर संगितमा यी गितहरु पञ्चाय विरुद्धलडने आजका सिहासनधारीहरुको लडाईको समयका गित थियो । आज पनि उस्तै थिए कथाहरु सडकमा हिडनेहरुको आजको लावा लस्करको । गरिबहरुको लाभा लस्कर शहर छोडेर घर लागेको छ चाहे पुष्पलाल मार्ग होस् कि विपि राजमार्ग ,उस्तै लस्कर छ महेन्द्र राजमार्ग र पृथ्पी राजमार्गमा समेत । युगौ देखिको राष्टवादको लिगेसि दाबिगर्ने राजनीतिमा महेन्द्रको पञ्चायती राष्टवाद होस् कि पुष्पलालको नया जनवाद वा विपिको समाजवाद नेपाली सत्ता राजनीतिमा ७ दशक यही नारा लगाउनेहरुको माछा पच्छि र हालिमुहाली चलेको सत्य हो तर यहा तिनै गरिबका आँशु रगत पसिनाहरुले आर्जयाको राज्य गरिबको किन भएन ?श्रमीकहरुको सुरक्षा किन गरेन?श्रमको सम्मान किन भएन ? नो र्वक नो पेको नारामा ल्याप्चे लगाउदा तालिबजाउनेहरुको गोहीको यो आशु महिमा गाउने हामीलाई धिक्कार छ । जेवि टुहरेको स्वर संगीतमा लोली मिलाएर भोकै हिडँको तातीले भन्ने गित फेरी गाउन थाल्ने कि समस्याको चुरो उखल्ने प्रेरणा बटुल्न निर्मम बहस थाल्ने आजको बौद्धिकहरुको लागी यो प्रश्न समयले दैलोमा ल्याएको छ यो बन्दाबन्दीको बखत ।
चैत बैशाखको घामले राजमार्गहरुमा पैदल हिडेका यात्रुजनहरुको पैताला त के पोलेको होला र त्यो तातो पिचमा । त्यो भन्दा अति त मन पोलेको छ रोगको त्रास र भोकको प्यासले हिडनेहरुको लागी सम्वृद्ध कालोपत्रे भन्दा थेरै अब्बल छ धुले गोरेटाहरु खुसिराम पाख्रिनदाईले गाएको गित सम्झे मैले यो बेलाको दृश्यहरु देखेर
गैति बेल्चा उचालेर,बाटो बनाए
के पाए नि, कुल्ली दाइले
के पाए नि कुल्ली भाइले
अर्कैले मोटर गुडाए ।
गरिबहरुको लागी नगुडने मोटरहरु जलाए हुन्छ । पैदल यात्रुहरुको लागी त कालो पत्रेहरु भत्काए हुन्छ । यो साँच्चै ती मजदुर र गरिबजनहरुको आँशुका भाकाहरु हो । चाहे टुहुरे हुन की पाख्रिनदाई उनीहरुले यी र यस्ता गित उनले गाए मजदुर उठाए । गाउ जुटाए र तिनै गरिब कुल्लिजनहरुले मालिकहरुलाई सिहदरबार र बालुवाटारको सिहासनमा विराजमान गराए विडम्बना त्यसपछि फगत यि भरियाहरुका मालिकहरु यिनै भरियाहरुलाई उपेक्षा गर्दैछन् आज सिहानमा बसेर । उनीहरुलाई शहरका सडकहरु रग रोगन गर्ने हतारो थियो ।कुनै विवाह उत्सवमा सझाउने मण्डप जस्तो तर उनीहरुलाई श्रमीक जनताको भोको पटे भर्न कुनै रुझान थिएन । पौराणीक महाभरत कथामा एकै पात्र यस्तो थिए । जो हर्ष र विस्मत एक्कै पटक सुने भने भुतुक्कै मर्ने रहेछन् । ति पात्र हुन दुर्योधन । नेपाली जनता पनी उस्तै छन् यहा चाही आज स्थापनाको ७१ बर्ष पछि नेपालमा कम्युनिष्ट नाममा दुई तिहाईको सरकार गठन हुदाको हिजोको त्यो हर्ष र आजको आँशु एकै पटक पाएका यि गरिब जनताहरुको आस्था टुटेको छ मन मरेको छ त्यस पछि यो लुटतन्त्र उदासीनताको र गैरजिम्वेवारीको तिम्रो सिहानको मलामी जानेहरुको लस्कर जस्तो लाग्न थालेको छ बालुवाटारको आँखाले त्यही देख्छ होला । त्यसैले मजदुरहरुको पसिना पुच्छन् सकने त्यो तिम्रो नक्कली लालझण्डाहरु मुर्दावाद । गरिबको आँसु पुछन नसक्ने तिम्रा तुल र ब्यानरहरु मुदावार्द । तिम्रो भाषण र आश्वासनहरु सबै सबै मुदावार्द ।
आज भोलीको लकडाउन बसेर खान पाउने र सक्नेहरुलाई त मस्ती छ घरी यो घर उ खायो नाच्यो फेसबुकमा पोष्टायो । तर गरीबको सास्तिलाई सञ्चारको सस्तो आसुको ब्यापार ठान्ने बालुवाटारे रोदनलाई कठै बाहेक के भन्नु र । आज श्रम र पसिनाको ब्यापार छ । लुट छ ,जहा जहाँ सस्ता श्रमीक चाहीएको छ । त्यँहा छन् नेपालीहरु । तिनिहरुको अलाप विलाप सुन्न जरुरी छैन तर मलिकका कुकुरहरुले जसरी पुच्छर डोलाएर गुलामी गर्ने संस्कारको चरित्र छ त्यो सिहासनमा र उ जनताहरुलाई हर्कादै चिहाउदै छ पारि तिर । हिजोका भाडाको सिपाही र आजको सस्ता कुल्ली हो हाम्रा जनहरुको असलि पहिचान । चाहे गोर्खा लाहुरे हुन कि वैदेशीक रोजगारी । राज्यले गरेको जनताको ब्यापार भएर होला राम्रो शब्द चयन गरेको नत्र मानव श्रमतस्करहरुले चलाएको देश हो । यो मानव ब्यापारीको राज्य हो । मानव बधशालाका बगरेहरु बस्ने सिहासन हो । यहा जनताहरु मार्ने र बेच्ने ब्यापार चलिरहन्छ । जस्तो हाम्रो सरकारहरु गरिरहन्छ । हो त्यो हो नि असलि चरीत्र सत्ताको ।
त्यसैले होला रातो रातो रगतको थोपा बगाउनेहरु, सेतो पसिनाका धारा बगाउनेहरुलाई हरिया राहदानी भिराउने गरीन्छ र निलो समुन्द्रपारि बेचिन्छ ।तिनका जिन्दगीमा आज कलेटी परेको निला ओठहरुले बोल्न नचाहेको घाउहरु कति कति मनमा थाति राखेर बाँच्दा हुन ति देश सम्झीएर सन्तानहरु । यो रोदनले किन पोल्छ र महाजनहरुलाई ? उहाहरुको अलाप छ ।ताली बजाउने,गाना गाउने,दिपावली गर्ने,छिमेकी मोदीको नक्कल गर्दैछन् । राष्टवादको राप अलापेर आत्मसर्मपणको पुच्छर डोलाउदै विद्या ओलीहरुको शासन चलेको बेला हो यो ।
आज जेबि टुहरे, जिवन शर्मा,खुसिराम पाख्रिनहरुको बाँसुरीमा बजेको जनताको आँशुका गितको भुत लागेका भरीयाहरुले मालिकहरुलाई सिहंदरबारमा बसाएका छन् ।एकताको राग अलापेका छन्। कुष्ठा र असन्तुष्टीको विष अलापेर श्रमीकको आँशुमा मिसाउन खोज्दैछन । अझै यि ख्वामीतहरुलाई लालगद्धार भन्नेहरु समेत मतपेटीकामा हम्बरले हानेर सिहँदरबारको रसस्वादन गर्न पुच्छर लुकाउदै झयालतिरबाट बालुवाटारको भोजमा पुगेका छन् । आखीर कोरना कहर त आधुनिक प्रणालीहरुको शहरको अपाटमेन्ट देखि मालिकका क्याविनेटसम्म पुगेकै छ । उबेला देखि नबदलिएको यो राजसिहानको चरीत्रलाई पनि लकडाउन गर्ने चेतना आउला कि तैपनि जनजनको चाहना हो त्यो । झापालि सामन्तबा धर्मदत्तको रगतका छिर्काहरुले पोतेको त्यो अनुहारमा यी श्रमीकहरुको आसु र पसिनाको होली किन छ्यापि दिने होला के यो कोरनाले पनि । रगत पसिना बगेर दुनिया बदल्न सकिन्छ भन्नेहरुको रगत र पसिनाले नबदिएको यो दुनियायो कथा पछि धेरै शासकका अनुहार आए ,गए । तर चरित्र त उही रहेछ । जिवन शर्माका रक्तिम परिवारको गितले पनि बालुवाटारको बासुरीको विरुद्ध भाका हालीरहेका छ उबेला देखि आजसम्म उही झरनाको चिसो पानिलयमा
पोहोर साल लडाई चल्यो सामन्तलाई मास्न
के गयो नेता मिली पाएन हामीलाई बाच्न
संसारमै गरिबको छैन राज्य भन्छ
तर पनि यो देशमा ल्याउन हामीलाई मन छ
झरनाको चिसो पानि ।
आज फेरी उठेको छ प्रश्न यो सिहासन माथी के साँच्चै छैन त यो संसारमा गरिबहरुको राज्य ? कुम्भकर्णको निद्रा सापटि लिएर सुतिरहेकाहरु यो चेतनाबाट व्यँुझेलान् कि आज ब्रह्मनालको सिरानीमा श्रीपेच लगाउने तिनको रहर र गरिबको भरियाहरु एक छाक भोक मेटने यो आजादी सपनाहरु सम्झेर तै पनि बौरीन्छन् कि ति त्यसैले हामीले सुनाउने त तिम्रो गाना होइन महाराज फेरी पनि उनै जेवि टुहरे,जिवन शर्मा र खुसिराम पाख्रिन दाईको गित सुनेर हो्स कि शिलता माजुको पुकार सम्झेर ।तै पनि ति बौरीन्छन् कि गरिबका सपनाहरु । त्यसैले श्रमीकको आजादी सपनाहरु बदलेको तिम्रो नवमहाराजहरुलाई होईन यो श्रमीकको आजादी पुकारका आशु कथा नसुन्ने त्यो कुर्सीको चरीत्रलाई हो हामीले मुर्दावाद भनेर भनेको । अब तिमी पनि भनन् है डियर कमरेड ।
यो यतिबेलाको जनताका सास्ती हो । जतिबेला मजदुरको नाम लिएर मजदुर संगठनको राजनीति गर्ने कारखाना नटेक्ने विष्णु रिमाल बालुवाटरको डाडु पन्यु सम्हाल्ने प्रमुख भान्छे थिए । किसान मजदुरको नारा लगाउने नेताहरु शहर देखि गाउ गाउको सिहदरबाको सत्तामा विराजमान थिए ।त्यसैले फेरी एकपटक उठनु पर्ने समय आउने छ १८८६ मा सिकागो शहरमा उठेका जस्तो विद्रोह उठने छ । त्यो किसान मजदुरहरु गितहरु सबैले गाउदै आउने छन आजादीको सपनाहरु ज्युदै छ जनमनहरुमा ।
सिकागोका मजदुरहरु उठे जस्तै उठ
क्युवाका ती किसानहरु जुटे जस्तै जुट ।
नेपालका यी पार्टीहरु फुटे जस्तै होईन
कम्युनिष्टको नाम भजाउदै लुटे जस्तै अब
पालो आयो गरिबहरु श्रमीक मिली लुट ।
भोक र रोगको चपेटामा मिलिजुली उठ ।
टिप्पणीहरू