लकडाउन त मान्ने तर के खाएर बाँच्ने ?
चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलन सुरु भएको ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’ (पछि कोभिड–१९ भन्न थालिएको) नामक संक्रामक भाइरसको महामारीले हाल विश्वलाई नै आतंकित पारेको छ । संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै यो रोग (कोभिड–१९) लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च ११ तारिखका दिन घोषण गरेको छ ।
ताजा तथ्यांकअनुसार संयुक्त राष्ट्र संघमा आवद्व भएका १९५ र अन्य (विभिन्न देशले उपनिवेशको रुपमा वा अह्रन–खटन गरेर शासन गरी रहेको स–साना टापु देशहरु) गरी विश्वमा रहेका भनिएका २२० वटा देशमध्ये २१० वटा देशमा (कोभिड–१९) को माहामारी रोगको संक्रमण पैmलिसकेको छ भने, ‘वोल्र्डोमिटर’ नामक एक संस्थाले अप–डेट गरी रहेको विश्वभरिकै विभिन्न देशमा (कोभिड–१९) को महामारीका कारण बिरामी भएका, मरेका, निको भएका, सिकिस्त बिरामी भएका आदि तथ्य–तथ्यांकअनुसार सन् २०२० अप्रिल २१ को ०८ः०३ ग्रिनविच मिन टाइम (जिएमटी) सम्मको हो । सो तथ्यांकअनुसार आजका मितिसम्म २४ लाख ९० हजारभन्दा बढी मानिसहरु बिरामी भएका छन् । ‘वोल्र्डोमिटर’को सो तथ्यांकअनुसार हाल विश्वका विभिन्न देशका २४ लाख ९० हजारभन्दा बढी मानिसहरु बिरामी छन् भने १ लाख ७० हजार ५०० भन्दा बढी मान्छेहरु (कोभिड–१९) को महामारीका कारण आप्mनो ज्यान गुमाएका छन् । त्यस्तै ६ लाख ३५ हजार २५१ जना पूर्ण रुपमा निको भएर घर फर्केकाहरु पनि छन् भने अभैm पनि (कोभिड–१९) को महामारीका कारण ५७ हजार ३३७ जना मनिसहरु सिकिस्त बिरामी छन् । त्यसो त विश्वका कति मान्छेहरुलाई अभैm पनि (कोभिड १९) को भाइरसको महामारीले परमधाम पुर्याउने हो ? अहिले नै किटेर यत्ति नै मानिसहरु परमधाम पुग्छन् ! भनी अहिले नै किटेर भन्न सक्ने अवस्था रहेन ।
जे होस्, नेपालमा पनि (कोभिड–१९) को असर व्यापक हुने लक्षण वा भनौं संकेतहरु देखा परेपछि सुरुमा नेपाल सरकारले विसं २०७६ चैत ११ गतेदेखि १७ गतेसम्म एक हप्ताका लागि ‘लक डाउन’ गर्ने घोषणा गरेको थियो । तर, चैतको १५–१६ ताका नेपालको सुूदरपश्चिममा (कोभिड–१९) को ‘स्टेज–२’ (विदेशबाट आएकाले नेपालमै रहेका आफन्तलाई सारेपछि) देखा परेपछि नेपाल सरकारले फेरि अर्को १ हप्ताका लागि अर्थात् चैत २४ गतेसम्मका लागि लकडाउन थप्यो । त्यसलाई पनि अधिकांश नेपाली जनताहरुले सहर्ष स्वीकारे । तर, यसबीचमा (कोभिड–१९) को संक्रमितहरुको संख्या स्थीर रहनुको सट्टा झनै बढ्दै गएपछि अझ भएन, भनेर नेपाल सरकारले एकैचोटि (२ वर्षका लागि !) विसं २०७७ वैसाख १५ गते रातको १२ बजेसम्म लागू हुने गरी लकडाउन घोषणा गरेको छ । थाहा छैन, वैसाख १५ गतेपछि के हुने हो ? किनभने, … ।
वास्तवमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म (संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई) संक्रमित नगरोस्÷भाइरस नसारोस् ! भनेर अपनाउने सबैभन्दा उत्तम उपायको रुपमा रहेको ‘लकडाउन’ नै देखिएको छ । त्यसैले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारी तलसम्म नपैmलियोस् भनेर धेरै देशहरुले ‘लकडाउन’ वा संकटकाल लागू गरे । फलतः नेपाल सरकारले पनि विश्वका अन्य केही देशहरुले भैmँ ‘लकडाउन’कै उपाय अवलम्बन गरेको छ । तर, त्यति हुँदाहँुदै पनि नेपालमा (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको लक्षण अर्थात् (कोभिड–१९) को महामारीको ‘पोजिटिभ’ ३१ जनामा देखिएको अवस्था छ । अभैm केही टंगो छैन । त्यसैले अधिकांश मानिसहरु कतिखेर के हुने हो, कसो हुने हो ? मनभरि त्रास र डर बोकेर बाँचेका छन् । समाज न हो, त्यसैले केही मानिसहरु भने अभैm पनि ‘लकडाउन’लाई खेलाँची ठानेर उल्लंघन गर्दै हिँड्नेहरु पनि छन् ।
हुन पनि विश्वका लगभग १ चौथाई जनसंख्या (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासबीच ‘लकडाउन’ र ‘संकटकाल’को सामना गर्दै कष्टकर जीवन बाँची रहेका छन् । त्यसो त राज्य व्यवस्था राम्रो भएको, सरकार विश्वासिलो एवम् दह्रो भएको र, सुशासनको ग्यारेन्टी भएको देशको जनताहरुलाई त ‘लकडाउन’ र ‘संकटकाल’ले व्यक्तिगत स्वतन्त्रताको मात्रै चिन्ता थपेको छ । उनीहरु आपूmले चाहेअनुसार घुमफिर गर्न चाहेअनुसारको … गर्न मात्रै पाई रहेका छैनन् । अर्थात् उनीहरुलाई ‘लकडाउन’ र ‘संकटकाल’ अवधिभरि कसरी बाँच्ने ? भन्ने र अहिले के खाऔं, भरे के खाऔं ? भोलि के … ? भन्ने खासै चिन्ता भने छैन । किनभने, ती देशका सरकारले नै आप्mनो जनताहरुका लगि सबै कुरोको व्यवस्था गरी दिएको छ । किनकि, ती देशका सरकार तथा राज्य प्रमुखहरु र नीति निर्माण गर्ने तहमा बसेकाहरुलाई ‘मानव पुँजी’ भनेको के हो ? भन्ने राम्रोसँग बुझेका छन्, आत्मसाथ गरेका छन् । तर, नेपाल, भारत, पाकिस्तान, बंगलादेश आदि देशका सरकार प्रखुम, राज्य प्रमुख र नीति निर्माण तहमा बसेकाहरुलाई त ‘मानव पँुजी’ न मानव सु… ! उनीहरु जसरी बाँचून् मतलब छैन ! खालि हात ‘लकडाउन’ अवधिभर घरभित्रै बस, बाहिर–फेर हिँडडुल नगर ! खबरदार ! तिमीहरु ‘लकडाउन’को समयमा घरबाहिर हिँडडुल गरेमा हाम्रा सुरक्षाकर्मीहरुले पक्डेर … बेर छैन ! भन्छ ।
त्यसैले हामी जस्ता साँच्चैको गरिब र गरिबका बच्चा–बच्चीहरु ‘लकडाउन’ अवधिभर के खाएर बाँच्ने सरकार ?
अझ सम्माननीय राष्ट्र प्रमुख ज्यु नै (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई ‘भावनामा नबग्न !’ सम्झाउनु हुन्छ, अर्ती उपदेश दिनु हुन्छ । जबकि, सम्माननीय राष्ट्र प्रमुख ज्युले (कोभिड–१९) नामक संक्रामक भाइरसको महामारीको आतंक र त्रासले ‘चिहिल–बिहिल’ भएका निम्छरो जनताहरुलाई अरु केही नभए पनि लकडाउन अवधिभरिका लागि कम्तीमा ‘रासन–पानी र ओतको व्यवस्थपन गर सरकार !’ भनी सरकार वा सरकार प्रखुमलाई दीशा–निर्देश गर्नु पथ्र्यो । त्यसैले अब भोकभोकै भए पनि लकडाउन त मान्नै पर्यो !
तर, सरकार प्रखुम झन् के कम ! उहाँले पनि ‘लकडाउन हाम्रा (सरकार) का लागि होइन, तपाईँ निम्छरो जनताहरुकै लागि हो !’ भनी सम्झाउनु हुन्छ, अर्ती उपदेश दिनु हुन्छ ।
भनेपछि ‘भि–टेन’ हो कि कसले हो– ‘हामी यस्तै त हो नि ब्रो, हामी यस्तै … भने जस्तै ‘हामी यस्तै त हो नि !, हामी यस्तै त … !, हामी यस्तै … ! हामी … !
(थप केही जान्न चाहेमाः ९८४९९८५९९७, ९८६२४३६०४९)
टिप्पणीहरू