निर्विकल्प विकास रोजौं, देशलाई जोगाऔं

निर्विकल्प विकास रोजौं, देशलाई जोगाऔं

मेरो राजनीतिक रुझान लामो छैन तर मैले राजनीति जाने बुझेको छु भन्ने बखत राजाको राज थियो । बहुदलीय प्रजातन्त्र भनिए पनि सबै दल राजाअन्तर्गत थिए । दरवार बलियो शक्तिपुञ्जका रुपमा हरेक साना-ठूला घटनामा सरिक भइरहेको अवस्था थियो । नेताहरुलाई सरकार संचालन गर्न दिएपनि देशको अभिभावक म नै हुँ भन्ने राजाको बुझाइ थियो ! त्रिचन्द्रमा अध्ययन थियो, गगन थापा, गुरुराजहरु सकृय बिद्यार्थी नेता थिए । मैले कीर्तिनिधि विष्टको संरक्षकत्वमा दरवारसँग साठगाठ भएको बिद्यार्थी संगठनको अध्यक्षता गरेको थिएँ । दरवारसँगका पटक पटकका भेटघाटपछि परिणाम विचार गर्दा म विस्तारै निरास बन्ने अवस्था आयो । दरवार हत्याकाण्ड, माओवादीको अदृष्य सक्रियता र गृहयुद्धको भयावह अवस्था ह्याण्डल गर्न नसकेको सरकारी संयन्त्र र दरवारको ग्याप, नेताहरुले गर्ने भ्रष्टाचारको विगविगी सहनेदेखि ज्ञानेन्द्रको द्रव्यमोह र पारिवारिक कलह देखेर भित्रभित्रै मक्एिर फुट्ने अवस्थामा म थिए । तसर्थ संगठनको विधान निर्माणमा गगनसँग लिएको सल्लाह र अन्य साथीहरु जो अहिले विभिन्न दलमा गतिलो भूमिकामा सक्रिय छन् उनीहरुसँग छलफल गरेर पनि आफै निरास बनेर सक्रियता त्याग्दै गएँ । पछि राजा फालिए, माओवादीहरु सरकारमा बहुमत लिएर आए, कोइरालाले जीवनको अन्त्यसम्म देशलाई भन्दा दरवारसँग र अन्य विपक्षीसँगको इखलाई ठिक बनाउनमै व्यस्त भएदेखि म पूर्णत राजनीति नबुझ्ने दाउपेच रहेछ भनी टाढै बस्न थाले । लामो समय भयो कुनै पार्टीभन्दा पनि देशको साझा एजेण्डा बोक्ने विभिन्न पार्टीक व्यक्ति बिशेषहरु मेरो आशाका बिन्दु बन्न थाले । उनीहरुका क्रियाकलापहरु नियाल्नमै उत्सुक हुन थाले । तर पनि एकले अर्कोलाई पायो कि सिध्याउने प्रपञ्चको घृणित खेल देखेर बेला बेलामा ऐठन अनुभव गरेपनि सुनौलो नेपालको परिकल्पना मेरो मानसमा सधै बाँचिरहेकोछ र मेरो प्रयत्न एक बुँदा रगत वा एक मुठी श्वास रहेसम्म रहिरहनेछ ।

भइरहेको राजनीतिक थालको चर्को आवाजलाई संगीत मान्ने पक्षमा म छैन । चाहे त्यो सहमतीमा बनेको कामचलाउ सरकार होस् वा दुईतिहाइको परिचय पाएको तर आन्तरिकरुपमा चिरैचिरा परेको बर्तमान सरकारलाई ठिक भनेर विश्वास गर्न सकिने अवस्था किंचित छैन । म यही ठिक भन्ने पक्षमा छैन वा मेरो गोरुको बाह्ै टक्का भन्ने आसय पनि मेरो होइन । शक्तिको चक्रलाई हेर्दा परिवर्तन अपरिहार्य भएर जोडिएकोछ । अहिलेको मेरो मानक वा ठानेको ठिक केही कालपछि बेठीक भएर जानेछ । जसरी एउटा दलको सरकार बन्छ र उसले आफ्ना आदर्शका नाम अंकित अस्पताल, स्कुल, पार्क वा सरकारी भवन निर्माण गराउँछ । क्षमताले भ्याएसम्म मूलबाटो, चौबाटोमा अर्ध, पूर्णकदका सालिक बनाउँछ । र त्यससँगै घडिको घडा पनि फेरिन्छ । सरकारमा बस्ने दल फेरिन्छ,पुराना मान्यता बदलिन्छ, नयाँ सरकार एकएक गरेर पुराना सबैको नाम फेर्छ, रंग फेर्छ आसनको डसना फेर्छ तर बिर्सन्छ उ पछि आउने अर्को ज्ञात अज्ञातमा रहेको दलले पनि सरकारमा आउँदा उसका परिवर्तीत स्फुर्तीलाई उसैगरी फेर्छ जसरी पहिले फेरीएका थिए । सम्झौ एउटा घरमा हरेक महिलाले आफूलाई छोरी, श्रीमती वा आमाको भूमिकामा एकैचोटी देख्न सक्थिन् भने संसारले बुन्दै सुन्दै आएका सासुबुहारीका अपत्यारीला मर्महरु पुरिने थिए । अकबर वीरबल, हेन्सल ग्रेटल, इसप देखि अरेबियन नाइट्सका कथाहरु बिर्साउने हाम्रो समाजमा सासूबुहारीका गाथाहरु छन्, मात्र सुन्नसक्नुपर्छ घरका भित्तामा कान लाएर । तिनको निवारण तिनै महिलाबाट हुनुपर्छ ज–जसले कलहको बिउ घर–घरमा रोपे । च्यारिटी बिगेन्स एट होम भने झैं समस्याको चुरोलाई सम्हाउने काम पनि हरेक घरबाट सुरु हुन्छ र पछि त्यो विश्वव्यापी भएर जान्छ ।

अवस्था के भइदियो भने, जसले समस्या बिउ रोपे उनीहरु नै म अपराधमुक्त भनेर स्वघोषणा गरिरहेकाछन् । देशको पुरानो संरचनालाई राजा वा दरवारसँग नजोडिकन बैज्ञानिकरुपमा हेर्नसक्यौ भने क्षेत्रगत विभाजन र राज्य संचालनको विधिमा त्यो भन्दा अर्को कुनै विकल्प नै देखिदैन तर जनतालाई विभाजनकारी चेत दिने निहुँमा हामीले क्षेत्रीयताको अवधारणालाई मू लनारा बनायौं, जातपातको व्यवस्थालाई समुचित प्रबन्धन गर्न छाडी साना साना सामाजिक अस्तित्वमा घुलेर मिलेर बसेका सम्प्रदार्यलाई उक्सायौ र कलहको बिउ रोप्यौ । अहिले हामीले मानेको, कठिन संघर्षपछि ल्याएको भनिएको गणतन्त्रको फल यही हो त ? हेरौ हाम्रो केन्द्रिय सरकार र क्षेत्रीयत सरकारको दूरीलाई र राज्यसंचालनको अस्पष्ताको जंगलमा हामी दिनानुदिन भासिदै गएका छौ । तर हामी मान्न तयार छैनौ हामी नै यसका कारण हौ र त्यसको निराकरण पनि हामीबाटै सम्भव छ भनेर । हामी यस्तो निकृष्ट स्वभावले ग्रसित भएका छौ,  समस्या सृजना कसले गर्यो भन्दा आफ्ना प्रतिद्धन्दी वा विपक्षीलाई औला देखाइदिन्छौ । गल्ती भएको हो र अब हामी सुधार्नतर्फ लाग्छौ भन्न पनि हामी सक्दैनौ र जहाँ खाल्डो देख्छौं समस्या त्यही वरपरकालाई कारण देखाएर आफ्नो हिनग्रन्थीलाई अघि हिडाउन तेल सामल खोज्छौ ।

त्यो हिनताले खोजेको कुरा घुस हुनसक्ला, कुटिल स्वार्थपूर्तीको घुमाउरो डाँडु होला, शक्तिमा बसीरहन खोज्ने मन्दबुद्धीको पाषणकालिन् लोभ होला तर हामी सरकारमा रहेकालाई हेर्यौ भने केवल यही दृष्यको पूनरावृती मात्र देख्न सक्छौं । सरकारी व्यवहार जनतामूखी कम र आफू वा आफ्नो परिवार वा दलमुखी बढी सोझीएको देखेकाछौं । नेपाली राजनीतिको इतिहासमा हामीले दलगत राजनीतिलाई सिद्धान्तसँग भन्दा पनि उद्योगधन्दा वा स्रोतविहीन सम्पती शक्ति थुपार्ने संयन्त्रका रुपमा मात्र लिइरह्यौं । हाँसोलाग्दो कुरा के छ भने केही समय पहिले नेपाल भ्रमणमा आएका चिनीया नेता जि सि पिंगले नेपाली नेताहरुको विलासी शैली उपर नै आश्चर्य प्रकट गरेका थिए । तर दुइतिहाइको सरकारले भूगर्भमा रहेको माओ र माक्र्सको सिद्धान्तलाई शिरमा राखेर जति नै कोकोहोलो गरेपनि व्यवहारत उनीहरु कम्युनिष्ट होइनन् भनेर चिनीया नेताले भनिसकेकाहुन् तर त्यसलाई न कुनै समिक्षा गरीयो न सोझा आम नेपाली जनताले बुझ्न सके ।

हामी यस्तो निकृष्ट स्वभावले ग्रसित भएका छौ,  समस्या सृजना कसले गर्यो भन्दा आफ्ना प्रतिद्धन्दी वा विपक्षीलाई औला देखाइदिन्छौ । गल्ती भएको हो र अब हामी सुधार्नतर्फ लाग्छौ भन्न पनि हामी सक्दैनौ र जहाँ खाल्डो देख्छौं समस्या त्यही वरपरकालाई कारण देखाएर आफ्नो हिनग्रन्थीलाई अघि हिडाउन तेल सामल खोज्छौ ।

सरकार चलिरह्यो । ऐतिहासीक दुइबर्ष गाठ मनाएको अवसरमा सरकारमा रहेका अधिकारी भन्छन्, सरकार यतिबेलासम्म टिक्नु नै यसको सफलता हो । यहाँनिर हामी हेर्न सक्छौ सरकारमा रहेकाको प्राथमिकता देशको विकास होइन कि उनीहरु टिकिरहनुमा छ । त्यो बनजंगल फडानी गरेर हुन्छ, वा सेना परिचालन गरेर घुमाउरो ढंगले भ्रष्टाचारलाई संस्थागत गर्न सकिन्छ वा समृद्धीको नारालाई सरकारी मुखपत्रमा प्रकाशित गरेर हुन्छ वा प्रचार र प्रसारमा सधै बाँचीरहन पाऔं जस्तो मूढता गरिरहेको दृष्य हेर्न समाचार पढ्न अभिसप्त छौ हामीहरु । एउटा कुनै त्यस्तो कार्यक्रम वा पहल समेत हुन सकेन दुइतिहाइजस्तो बलियो सरकार बनेको मध्यकालसम्म पनि । बरु आन्तरिक शक्ति बाँठफाडमा कलह भइनैरह्यो । कसले मन्त्रालय पाएन, कसले बिदेशी नियोगमा जान पाएन, कसलाई सरकारी संयन्त्रमा प्रवेश गराउने हो, ठूला मोटा ठेक्कापट्टा कसको जिम्मामा दिने हो ? संदेहयुक्त स्रोत भएका बिदेशी लगानी ल्याउने वातावरण बनाएर कसरी कमिशन कुम्ल्याउने हो ? प्रतिपक्ष वा सम्भावित प्रतिकुल हुने व्यक्ति संयन्त्रलाई कसरी तह लगाउने हो भन्नेमा सरकार लागीरह्यो जसको परिणाम हाम्रो हातमा छ ।

देशमा माओवादी र एमालेको योगले ल्याउने विकासको आस सारा संसारका नेपालीलाई थियो । तर अमेरिका, भारत लगायतका बामपन्थी विचारलाई अमान्य देशहरु बाहेक सबैले सघाएको स्पष्ट तथ्य जगजाहेर नै छ । तर त्यो हात्ती आशालाई पूर्व एमाले र पूर्व माओवादीको स्थानीयस्तरसम्म छिरेको द्धैतचरित्रलाई पार्टीले सम्बोधन गर्न सकेन, सरकार सिमीत व्यक्तिको खल्तीबाट संचालन हुनथाल्यो । दुई अध्यक्ष भएको विशाल पार्टीका निर्णय आज हुने र भोलि नहुने अवस्थामा ठेलमेठल भएर चलिरहे । त्यसको तमासा हेर्न हामी बाध्य भयौ । देशको विकासको गतिलाई पछिल्तीर धकेल्ने तत्वका सामू हामी निरीह भएर भोग्न बाध्य भयौ तर आसाको दियो भने बचाएकै थियौ । कम्युनिष्टको सरकार भनेर विश्वले त्रास र संसय जनाएका बेला पनि नेपालभित्रका कम्युनिष्ट व्यवस्था चिन, उत्तरकोरीया वा रुसको जस्तो होइन भनेर हामीले आफैसँग चित्त बुझाउँदै सरकारले अघि ल्याएका नीति योजनामाथि अक्षरंश पालना गर्दै आयौं तर त्यसको बिषाद परिणामको सिकार अहिले हुनुपरेकोछ, सहनुको मूल्य चुकाउनुपरेको छ ।

कोरोनाको महामारीमा संसार जलिइरहेकोछ । नेपालको सरकार भ्रष्टाचारको पराकाष्ठामा उत्तालीएको छ । बिना तयारी गरिएको लकडाउनको समयसीमा भारतीय पक्षलाई हेर्दै थप्दै गरेको अवस्था छ भने दैनिक ज्यालादारी काम गर्ने, खानेबस्ने समस्या भएकाहरुलाई समेट्ने वा आफ्ना घर फर्कन चाहनेहरुका लागी राहतकारी कार्यक्रम हातमा लिएका संयन्त्रहरु आकारअनुसारको बैधानिकरुपमा अनियमीतता हारालुछ गरिरहेकाछन्  केही समयपहीले ओलीले बालुवाटारमा बजाएको बाँसुरी र अहिले नेपाली जनताले पाउनुपर्ने स्वास्थ्यसामग्रीको अभाव, श्रमिकहरुले भोकै रुनुपरेको कारुणिक दृष्य, नागरिक देशका दशगजामा अनागरिक भएर महिनौदेखी अड्कीरहेको अवस्था, प्रवासमा रहेका नेपालीहरुको देशफर्कन लागि गरीरहेको अरयण्रोदन, समवेदनसिल पेशागत कर्मचारीहरु प्रहरी, स्वास्थ्यकर्मी आदीको अवस्थाबारे सुन्ने र सम्बोधन गर्ने, स्थानीय निकायसँगको अत्यावश्यक संयन्त्र समेत कायन हुन नसकेको दृष्टान्त छर्लगं छ ।

प्रधानमन्त्री खड्गप्रशाद शर्मा ओली सरकारमा रहिहरनुको अर्को कारण उनको शारिरीक अस्वस्थता  पनि हो। उनको निजी स्वास्थ्यलाई लिएर नेपाली जनताले सधै सुस्वास्थ्य र दीर्घायूको कामना गरिरहे तर उनले इमोशनल ब्ल्याकेमल गरिरहे । उनले के भ्रम पाले भने जनता मेरो शासनप्रणालीदेखि खुशी छन् । नेपाल कम्युनिष्ट आन्दोलनमा प्रख्याती कमाएका स्वर्गीय नेता मदन भण्डारीको हत्याका बिषयमा छानबिनको कुरा कहि कतै सुनिदैन । उनको सालीक पार्टी कार्यलयमा झारले पुरिएकोछ, जसरी सैद्धान्तक स्खलनता पार्टीमा आएकोछ ।  स्व. भण्डारीको योगदानलाई सम्झदै उनकी श्रीमतीलाई देशको सर्वोच्च पद दिने निणर्य यही नेपाली जनताले भावनामा आएर गरेका थिए । यी त्यही जनता हुन् जो अहिले मदन भण्डारीले गरेका भाषणका टुक्रालाई टिकटकमा समेटर त्यो बेला र यो बेला भनिरहेकाछन् । पुराना भिडीयोलाई ब्यूँताएकाछन्, क्षमताविहीन् व्यक्तिद्धारा शाशित हुनुपरेको पिडामा बर्बराइरहेकाछन् । उनको हत्याको कारण त्यसपछि पार्टी भित्र फाइदा लिनेहरु हुन् वा देशलाई शताब्दीयौं पछाडी धकेलेर आफ्नो स्वार्थ पुर्ति गर्ने बिदेशी तत्वहरु हुन् त्यस बिषयमा कहिल्यै कसैले फाइल उघार्ने हिम्मत गरेनन् । दुई तिहाइको सरकार शक्तिको भागबण्डामा र पूर्व माओवादीका नाममा वा पूर्व विरोधीका निहुमा आफ्नै पार्टीका शिर्षस्थ नेताहरुको साख सखाप पार्ने ध्याउन्नमा ओली लागेको देखियो ।

सारा संसारका मुलुकहरु कोभिड१९ लाई परास्त गर्ने रणनीतिमा लागेका छन् भने ताजा नेपाली राजनीतिमाथि त्राटक दृष्य लाउदा हामी देख्न सक्छौ ओली आफ्नो वशमा रहेका थोरै उद्यमीहरुको हितमा ठेक्कापट्टाको जोहो गरिरहेकाछन् र पार्टीभित्र र बाहीरका सम्भावित खतरालाई निमिट्यान्न पार्न अध्यादेश ल्याउने आदेश दिन्छन् । त्यसको स्विकार्यताका लागि समयभन्दा पहिले नै राष्ट्रपतिको कलम हस्ताक्षरका लागि तयार भई बसेको छ ।

टिप्पणीहरू