सेनामा फेरबदल

नेपाल सरकारले सेनाको विभिन्न विभाग, निर्देशनालयका प्रमुखहरुको फेरबदल गरेको छ ।

उपत्यका पृतना प्रमुख निरञ्जन श्रेष्ठ सैनिक तालिम निर्देशनालय पुगेका छन् । भर्खरै दुईतारे जर्नेलमा बढुवा पाएसङ्गै मध्यपश्चिम ताकेका गीतकार आनन्द अधिकारीलाई उपत्यकाको कमाण्डर तोकिएको छ ।

त्यसैगरी, निरीक्षणाधिकृत (आइजी अफिसका) अशोक सिग्देल सेनाको खरीद हेर्ने सम्भारमा,बुटवलका सीताराम खड्का निरीक्षणमा लगिएका छन् भने बुटवल सञ्जय थापाको जिम्मामा परेको छ । नयाँ दुईतारेहरुले आइतबार फुली लगाउने कार्यक्रम छ । सेनाको वरियताक्रममा तेस्रोमा बढुवा भएका प्रभुराम शर्मा असारपछि सोझै भावी प्रधान सेनापतिको लाइनमा जानेछन् ।

टिप्पणीहरू