सिआइएको सुझाव नमान्दा अमेरिकाको यो हालत
कोभिड–१९ (कोरोना भाइरस) डिसेम्बर अन्त्यतिर चीनबाट शुरु भएको थियो । हुन त यो भाइरस चीन मात्रै सीमित रहला कि ! वा चीनलाई मात्रै बढी प्रभाव पार्ला कि ! भनी अमेरिका र केही पश्चिमा देशले अनुमान गरेका थिए । तर, उनीहरूले गरेको अनुमान विपरित ‘नोभेल कोरोना भाइरस फेब्रुअरीको मध्य–अन्त्यतिर आइपुग्दा दक्षिण पूर्वी एसियालगायत अमेरिका, युरोपका केही देश, दक्षिण अमेरिका, अफ्रिकालगायत देशमा पैmलिसकेको थियो भने मार्च शुरु–मध्यतिर आइपुग्दा–नपुग्दै विश्वका १७० देशमा पैmलिएको थियो । एक महिनादेखि त कोभिड–१९ को भाइरसको महामारीले विश्वको २१० देशमा आफ्नो पहुँच पु¥याइसकेको छ भने आजका मितिसम्म विश्वका विभिन्न देशका ३२ लाख २२ हजारभन्दा पनि बढी मानिसलाई बिरामी बनाएको छ ।
त्यस्तै, कोभिड–१९ को महामारीले विश्वका २ लाख ३० हजार चानचुन मानिस मरिसकेका छन् । कोरोना भाइरस पैmलन शुरु गर्दा र शुरुमा चीनमा मात्रै बढी मानिस बिरामी हुँदा र बढी मानिस मर्दा रमाएजस्तो हाउभाउ देखाउने अमेरिकी राष्ट्रपति ट्रम्प महोदयलाई पनि यो भाइरस चीन मात्र नभई अमेरिका र युरोपमा पनि पैmलन सक्ने र यसको जोखिम बढ्न सक्ने भनी १२ पटकसम्म सूचित गरिएको भनी समाचार बाहिरिएको छ । त्यसै सम्बन्धमा प्रकाशित एउटा समाचार यहाँ उल्लेख छ ।
अप्रिल २ मा भारतीय समाचार संस्था ‘एसियन न्युज एजेन्सी’ (एएनआई) ले अमेरिकाको ‘वासिङटन पोस्ट्लाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार जनवरी र फेब्रुअरीमा अमेरिकाका राष्ट्रपति डोनाल्ट ट्रम्प महोदयलाई अमेरिकी गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) ले (कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग आक्रमण गर्न सक्ने ! भनी १२ पटकसम्म सूचित गरेको थियो । नभन्दै एक महिनादेखि अमेरिका कोभिड–१९ को संक्रामक भाइरसले मानिस बिरामी हुने र (कोभिड–१९ को संक्रामक भाइरसका कारण मर्ने देशमा अमेरिका पहिलो हँुदै आएको छ । कोभिड–१९ को संक्रामक भाइरसले बिरामी हुने र मर्ने देशमा अमेरिकालाई फस्र्ट बनाएको छ । स्मरणीय छ, संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ लाई विश्वभरि पैmलिएको महामारी (प्यान्डेमिक) भनी मार्च ११ मै घोषणा गरेको छ ।
खासमा चीनबाट पैmलिन शुरु भएको (कोभिड–१९ नामक संक्रामक रोगले शुरुमा चीनमा मात्रै धेरै असर गरेको थियो । त्यो बेला चीनको पनि खासगरी दक्षिण–पूर्वमा रहेको हुपेई प्रान्तको राजधानी वुहानमा मात्रै धेरै ठूलो पैमानामा पैmलिएको थियो । तर, विस्तारै यो महामारी विश्वभरि फैलिएको अवस्था छ भन्ने त माथि नै उल्लेख भएको छ । शुरुमा चीनमा मात्रै (कोभिड–१९ को संक्रमण देखा पर्दा केही देशले खुच्चिङ भनेभैmँ नगरेका पनि होइनन् । तर, आज तिनै देशलाई कोरोना संक्रमण भाइरसले बढी ग्रस्त बनाएको छ । उनीहरूकै देशको जनधन बढी क्षति गराएको छ । शुरुमा अमेरिकाले (कोभिड–१९ को संक्रामक भाइरसलाई केही पनि होइन, आपैmं सबै ठीक हुँदै जान्छ भनेभैmं गरेर बसेको थियो । अझ राष्ट्रपति ट्रम्प महोदयले त्यो बेला त यसबारे प्रश्न गर्ने केही अमेरिकी पत्रकार र अमेरिकाको नीति–निर्माण तहमा बसेका केही वरिष्ठ कर्मचारीलाई नै हप्काएका थिए भनी समाचार आएको थियो । यसरी हेर्दा ट्रम्प महोदयले ‘अरूलाई खाने बाघले आफूलाई पनि खान सक्छ !’ भन्ने हेक्का नराख्दा अमेरिकाले कोरोना भाइरसका कारण धनजनको धेरै ठूलो क्षति व्यहोर्दै छ । जस्तो कि आजका मितिसम्म अमेरिकामा १० लाख ६४ हजारभन्दा बढी मानिस बिरामी भएका छन् भने ६१ हजार ६६ जनाले ज्यान गुमाएका छन् ।
कोरोना संक्रमणले विस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, सावधान ! भनी चेतावनी दिने बाहिरियाहरू जस्तै चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीलाई त ट्रम्प महोदयले मनन गरेनन् नै ! आफ्नै देशको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स् एजेन्सी’ (सिआइए) ले दिएको चेतावनी, सचेतता र सजगता अपनाउन दिएको सुझावलाई मनन गरेको भए निश्चय नै हाल आएर अमेरिकाले यो स्तरमा धनजनको क्षति व्यहोर्नुपर्ने थिएन । तर, त्यो बेला उल्टै राष्ट्रपति डोनाल्ड ट्रम्प महोदय र उनका समर्थन गर्ने ‘फक्स न्युज !’ लगायत केही अमेरिकी मिडियाले नै कोभिड–१९ को संक्रामक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, सावधान रहौँ, होसियार गरौंं ! भनी चेतावनी वा भनौं सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका वरिष्ठ कर्मचारीलाई उल्टै खिसी–टिउरी मात्रै गरेनन् हप्काउनसमेत पछि परेनन्, तिनीहरू नै अहिले पनि हाई–हाई छन् । त्यो वेला कतिसम्म भयो भने बेला छँदै चेतावनी वा भनौं सुझाव दिने आफ्नै देशका डाक्टरलगायत विशेषज्ञलाई समेत अमेरिकाविरोधी वा भनौं राष्ट्रपति ट्रम्प महोदयको विरोधीको बिल्ला भिराउनेतर्पm अग्रसर भएका थिए ।
आज हेरौं त ! विश्वको ‘सुपरमेसी म मात्रै हुँ, अरू कोही छैन !’ भन्ने अमेरिकाको घमण्डलाई एउटा अदृश्य र सामान्यभन्दा पनि सामान्य विषय विज्ञका अनुसार कपालभन्दा १० हजार गुणा सानो लाग्ने भाइरसले तोडेको … . संवभतः अबको केही दिन वा केही हप्तापछि कोभिड–१९ को संक्रामक भाइरसका कारण बिरामी हुने र मानवीय क्षति व्यहोर्ने (बिरामी मर्ने) देशमा एक चौथाइले बढ्ने सम्भावना देखिन्छ । हुन त, गत मार्च ३ मै अमेरिकाका एक जना भाइरल रोग विज्ञ डाक्टर (एन्थोनी फाउच) ले कोरोना संक्रमणबाट अमेरिकामा १ देखि २ लाख जनाको ज्यान जान सक्ने र एक लाख अमेरिकी प्रभावित वा बिरामी हुन सक्ने बताएका थिए । यसरी हेर्दा अमेरिकी भाइरल रोग विज्ञ डाक्टर (एन्थोनी फाउच) ले –कोरोना संक्रमणबाट अमेरिकामा हुने क्षतिबारेको दुई आकलमध्ये एक (कोभिड–१९ को संक्रमणबाट अमेरिकामा एक लाख मानिस प्रभावित हुने आकलनले अंकको सीमा नाघिसकेको छ ।
टिप्पणीहरू