आयुर्वेदमा कोरोना अर्थात् श्वासप्रश्वास रोग भनेको के हो ?
हाल देखिएको कोरोना महामारी अर्थात् श्वास्रोग भनेको स्वासप्रस्वास सम्बन्धि एक सरुवा रोग हो ।आयुर्वेदमा यो रोग लागिसकेपछि फोक्सोका मांसपेशीहरु क्रमश निस्कृय हुँदै जानू जीब्रोले खाएको खानाको स्वाद नपाउनु , गन्ध थाह नपाउनु नाक टालिएर सास फेर्न गाह्रो हुनु र निलो नशाहरु अचानक प्रष्ट बाक्लै देखिदै जानुलाइ एकप्रकारको गम्भीर श्वासप्रश्वास रोग नै मान्दछ । जब हाम्रो शरीरले अक्सिजन अर्थात् शुद्ध हावा नाक मुखबाट श्वासको रुपमा लिएर त्यही हावा फोक्सोमा कुम्भक भै कार्बनयुक्त बिकार हावा फेरि त्यही बाट निकाल्दछ । जब शुद्ध हावा गलकोष ( pharynx) वायु नली ( wind pipe ) पार गर्दै सानो श्वास नली ( Small bronchial tubes ) हुँदै फोक्सोमा पुगिरहेको हुन्छ । तर यो कोरोना महामारीले पनि यही गलकोष ,वायु नली र सानो श्वासनली हुँदै फोक्सोलाई सखाप पार्दै अन्य कोमल अंग कलेजो र किड्नीसमेतमा सर्दै खाराब पार्दछ ।
कोरोना अर्थात् श्वासप्रश्वास रोगको लक्ष्यण तथा चिन्ह
बिरामीलाई अल्छी लाग्ने
धेरैजसो सुख्खा खोकी लाग्ने
पातलो रुघा लाग्ने
खान मन कमलाग्ने
नाक क्रमश टालिदै जाने
खानाको स्वाद क्रमस हराउँदै जाने
घरीघरी पेट दुख्ने
मांसपेशी कमजोर भएर हात गोडा कटकट खाने
टाउको भारी हुँदै दुख्ने
ज्वरो आउने
प्राथमिक उपचार :-
-जेठीमधु हरो पिपला दालचिनी मरिच अदुवा सख्खर राखेर बेस्सरी उमालेर दिनको दुई पटक एक एक गिलास पिउने ।
– अदुवा मरिच किसमिस छोकडा काफल अलैँची बिरेनुन सिधेनुन अलैंची आदिको समान धुलो लिएर बिहान बेलुका महसँग गोली बनाइ तातो पानीले निल्ने ।
गाइको घिउ कपुर छाती घाँटी र पिठ्युँमा दिनको दुइपटक दल्ने
कफको हप्ताको एकपटक वमन गर्ने
असुरोको पात पाएसम्म धतुराको पात हालेर बाफ लिने
श्वासप्रश्वास रोगी हरुले के के नखाने :-
माछामासु , अमिलो ,गालेको अचार ,बिस्कुट चाउचाउ चिउरा भुजा फ्रीजमा राखिएका पेय पदार्थ ,दही भन्टा काउली ,स्कूस जाँड रक्सी चुरोट तमाखु ।
सबैभन्दा राम्रो यो रोगीले ध्यानको अभ्यास गर्नुपर्दछ । मुखभित्र जिब्रोले माथिल्लोपट्टी आफ्नै जिब्रो उल्ट्याएर रगड्दै रहनुपर्दछ । यसोगर्नु भनेको मुखभित्र पसेको चिसो हावा एक्कासी गलकोष हुँदै सिधा फोक्सोमा नपुगोस र त्यो घर्षणको तातोले ब्रह्मबारी रस जिब्रोमा झरोस र त्यो रसले क्रमशः कफ वा श्वासरोग कम गरोस भन्नका लागि हो ।
श्वासप्रश्वास सम्बन्धि रोगीहरुले विशेष ध्यान दिनुपर्ने कुरा :-
हिनताबोध गर्नुहुन्न
रोइरहेर घरीघरी विना रुमालले आँसु खकार सिगान पुछ्न हुन्न
अल्छी मानेर केही नगरी आरामले बस्न हुन्न ।
ढाड बङ्ग्याएर कुप्रो परेर बस्न हुन्न।
बढी एकै कुरालाइ ध्यान दिन हुन्न
एकोहोरो गफ गरिरहन पनि हुन्न ।
यति गरिसकेपछि आयुर्वेद चिकित्सकसँग सम्पर्क गरि आफ्नो उपचार अघि बढाइ आफुले उचित लाभलिन सकिन्छ ।
मैले यहाँ आयुर्वेद औषधीका नाम लेख्दा लापरबाही तरिकाले प्रयोग हुने भएकाले लेख्न सकिन । आयुर्वेदमा यो महामारी सम्बन्धी औषधि कुनै साइड एफेक्ट विनाकै परापुर्वकालदेखि चली आएका रस भस्म चुर्णको यथेष्ट औषधिहरु पाइन्छन ।तसर्थ चिकित्सकबाट सही परामर्श लिएर आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन अनुरोध गर्दछु ।
आयुर्वेद औषधिको प्रयोग गरौ
दीर्घ जीवन लिइ आफू बचौं बचाऔं
टिप्पणीहरू