कोरोना करको कहानी
कुनै पनि महामारी किन नहोस्, हरेकसँग कहालिलाग्दो घटनासँगै अनौठा र रमाइला कथा पनि जोडिएका हुन्छन् । चाहे त्यो विश्वयुद्ध होस् चाहे नेपाली जनआन्दोलन, चाहे त्यो भूकम्प होस्, चाहे अहिलेको कोरोना महामारी । आज भने कोरोनाले निम्त्याएको कहानी र कथा सुनाउन मन लाग्यो, जसले कोभिडबाट बच्न मद्दत पनि गर्न सक्छ ।
नयाँ वर्ष नेपालीले पर्यटन वर्ष २०२० भनेर शुरु गरेसँगै चीनले कोरोनाको बीउ उम्रेको खबर आयो । जनवरीभरि चीन कोरोनासँग लड्दै गर्दा, विश्वभरि चीनका कोरोना र कोभिडका कथा कहानी र दृश्यको चर्चा–परिचर्चा चलिरह्यो । तीन महिना नबित्दै चीनले कोरोनालाई जित्यो तर विश्व ठप्प भयो र हामी स्तब्ध भयौं, अनि शुरु भयो नेपालमा पनि कोभिड कहर ।
हामी ३९औं दिनको लकडाउनमा छौं र यो बीचमा धेरै घटना घटे नेपालमा र म कार्यरत जिल्ला रामेछापमा पनि । शुरुका दिनमा कोभिड रोग रुघाखोकीजस्तो मात्र हुने र यसबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिने अनि भीडभाड छल्ने भनियो अब शुरु भयो महँगो र दुःख गरी खोजेको हेण्ड स्यानिटाइजरको उच्च प्रयोग अनि घरमा एक्लै बस्दा पनि जथाभावि मास्कको प्रयोगको प्रचलन, साथै सामान्य रुघाखोकीमा पनि अस्पताल धाउने प्रक्रिया । तैपनि घरकै साबुन पानीले हात धुने, मानिससँग कम्तीमा एक मिटर दूरी कायम गर्ने, खोक्दा र हाच्छ्युँ गर्दा कुहिनुको प्रयोग गर्ने र सामान्य अवस्थामा स्वास्थ्यकर्मीको परामर्शपछि मात्र अस्पताल आउनेजस्ता कुराको जानकारी गराउन सफल भइयो । त्यसपछि विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने प्रक्रिया शुरु भयो र त्यही सिलसिलामा हामी स्वयं एकान्तबास बसेकाको गाउँघर पुग्यौं अनि थाहा भयो लाहुरेहरू फर्कंदाको रौनक, एकान्तवास त गाउँघर डुलेर बितिराखेको पो रहेछ । यो समस्या समाधानका लागि पनि स्थानीय पालिका, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, वडा र सञ्चारकर्मी साथीहरूको सहयोगले केही हदसम्म रोक्न सफल पनि भयौं ।
अब हामीले कोरोनाको जाँच पनि पठाउन थाल्यौं र वैशाख ६ गते एक जना पुरुषको स्वाब जाँचका लागि पठाइयो तर बिरामी ठीक अवस्थामा भएको हुँदा सञ्चारकर्मी साथीहरूसँगको अन्तरक्रियामा रमाइरहँदा, ५० घण्टाजति एक्लै आइसोलेसनमा बस्दा झ्यालबाट हामफाली भागौं कि भन्नेसम्मको सोच आइसकेको पनि बिरामीले बताउनुभयो र यो समाचार जिल्लाभरि फैलिरँहदा अर्को दिन बिरामी आउँदैन होला र यस्तो अवस्थामा अस्पताल नआएकै राम्रो भन्ने सोचमा हामी थियौं । तर, अर्को दिन बिरामीको भीड कम गर्न प्रहरीकै सहयोग लिनुप¥यो अनि सबैको मुखमा हिजोको बिरामी कहाँ छ र कस्तो छ हेर्न मिल्छ/मिल्दैन भन्ने भाव थियो ।
अर्को घटना भने जिल्लाबाहिर कामकाजमा रहेकालाई जिल्ला भिœयाउने सन्दर्भमा रह्यो । जब हजारौं संख्यामा मानिस जिल्लामा भित्रिए यस्तो अवस्थामा कोरोनाको त्रास कतै देखिएन न त कुनै लकडाउन नै ! न त यसले पार्न सक्ने समस्या र समाधानको विषयमा स्वास्थ्य निकायसँग छलफल नै भयो । अनि यसैसँग जोडिएर आयो जिल्ला भित्रिने व्यक्तिलाई स्यानिटाइज गरेर घर पठाउने सन्दर्भ जुन विदेश र नेपालका ठुल्ठूला अस्पताल र शहरमा मनोमानी ढंगले प्रयोग भइरहेको रहेछ । हामीले रामेछापको सन्दर्भमा त्यस्तो गरिनु हुँदैन, जीवित मानिसमा भाइरस कुनै केमिकल (रसायन) ले पनि मार्न सक्दैन बरु यसको प्रयोगले श्वासप्रश्वास, छाला र आँखामा समस्या ल्याउन सक्छ भनेर रोकियो जसले गर्दा साथीहरूले धेरै मिहिनेतले बनाएको स्यानिटाइजेसन कोठाको प्रयोग पनि गर्न पाइएन । त्यसलगत्तै स्वास्थ्य सेवा विभागले ०७७ वैशाख १३ गते र विश्व स्वास्थ्य संगठनले वैशाख १५ गते मानिसमा कुनै पनि म्ष्कष्लाभअतबलत प्रयोग नगर्न र नगराउन सूचना जारी ग¥यो ।
अन्त्यमा धेरै कथा र कहानी अझै बुनिन बाँकी नै छन्, बिनिदै जालान् तर विगतका उपर्युक्त कथा कहानीबाट पाठ सिकेर हामी कोभिड र कोरोनाबाट बच्न नकारात्मक र अनधिकृत कुराको पछि नलागी सत्यतथ्य सूचना सही तरिका र सम्बन्धित निकायबाट लिऔं र आफूसँगै आफ्नालाई पनि बचाउन मद्दत गरौं ।
(जिल्ला अस्पताल, रामेछाप, जिल्ला कोरोना सम्पर्क व्यक्ति)
टिप्पणीहरू