यी कस्ता अगुवा ?

यी कस्ता अगुवा  ?

पार्टी सरकारविरोधी, प्रवक्ताचाहिँ सरकार  पक्षधर । योभन्दा ठूलो रमिता अर्को केही होला ?

केपी ओली सरकारको पक्षमा केही दिनअघि ‘नागरिक समाज’ का नामबाट आएको दश जनाको एउटा वक्तव्यमा हस्ताक्षर गर्ने केही नागरिकका बारेमा अहिले हस्यौँली शुरु भएको छ ।

अहिले प्रधानमन्त्रीलाई हटाउन खोज्नु देशमा अस्थिरता निम्त्याउनु हो भन्दै जारी भएको उक्त वक्तव्यमा सरकारको कटु आलोचकका रुपमा पेश भएको साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यको हस्ताक्षर छ । पार्टी सरकारविरोधी, प्रवक्ताचाहिँ सरकार  पक्षधर । योभन्दा ठूलो रमिता अर्को केही होला ?

अनि, अहिले कोरोना विशेष (डेडिकेटेड) अस्पतालको हर्ताकर्ताका रुपमा काम गरिरहेका डा.अर्जुन कार्की छन्, नागरिक समाजका नाममा वक्तव्य निकाल्ने । सरकारी नुन खाएर सरकारको पक्षमा वक्तव्य निकाल्नु नाजायज त होइन । तर, यस्ता मान्छे बोकेर सरकार कहाँ पुग्छ भन्ने प्रश्न उठेको छ ।

तीन महिनाअघिसम्म राष्ट्रपतिको सल्लाहकार रहेका, इलेक्ट्रिक गाडीमा डिजेल हाल्ने पैसा लिएर विवादमा मुछिएका सुशील प्याकुरेल पनि अहिले नागरिक समाजको सदस्य भएर वक्तव्यमा प्रकट भएका छन् ।

टिप्पणीहरू