अन्तभन्दा यहाँ उल्टो

 अन्तभन्दा यहाँ उल्टो

कोराना भाइरसका कारण विश्वभर सबैभन्दा धेरै संक्रमित छन् बृद्धबृद्धा  । तर नेपालको स्थिति चाहिँ ठीक उल्टो छ । हामीकहाँ सबैभन्दा बढी संक्रमित देखिएका छन् युवाहरु ।

हालसम्म ५९ संक्रमित भेटिएकोमा युवाहरुको संख्या अधिक छ । त्यसमा पनि  २१ देखि ३० वर्ष उमेर समूहका ।  हालसम्म यो उमेर समूहका  १५ संक्रमित भेटिएका छन् ।

यस्तै ३१ देखि ४० बर्षभित्रका १२ जनामा कोरोना संक्रमण देखिएको छ । ४१ देखि ५० बर्षभित्रका ९ जना प्रौढहरुलाई संक्रमणले छोएको छ । यस्तै ५१ बर्षदेखि ६० बर्षभित्रका ८ जनामा संक्रमण देखिँदा ११ देखि २० बर्षभित्रका ८ जना किशोर किशोरी प्रभावित भएका छन् ।

यस्तै ६१ बर्षदेखि ७० बर्षभित्रका ५ जनामा हालसम्म कोरोना संक्रमण भेटिएको छ । ७१ देखि ८० बर्षभित्रका १ जना र ८१ बर्षमाथिका एक जनामा संक्रमण भेटिएको हो । संक्रमित ५९ जनामध्ये १६ जना कोरोना भाइरसलाई परास्त गरी घर फर्किसकेका छन् । अमेरिकामा ८५ बर्षभन्दा बढी उमेरकामा संक्रमण देखिएको छ भने,इटालीमा ७० बर्षभन्दा माथिका बृद्धबृद्धा खतरामा  छन् । यस्तै चीनमा ५० देखि ५९ वर्ष उमेर समूहका कोरोना संक्रमितको संख्या २२ प्रतिशत बढी छ ।

उता,विश्वकै तथ्यांक हेर्दा कोरोना भाइरसका कारण ज्यान गु्माउनको संख्या महिलाको भन्दा पुरुषको बढी देखिएको छ । कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा पुरुषतर्फ  ६४ दशमलव ५ प्रतिशत र महिलामा ३६ दशमलव ५ प्रतिशत छन् । कोरोना संक्रमणबाट पुरुषभन्दा महिला किन सुरक्षित ? डा. रविन्द्र समिर भन्छन्,महिलामा २ खालका  एक्स x  क्रोमोजम हुन्छन् जबकि पुरुषमा एउटा एक्स  क्रोमोजोम हुन्छ भने अर्को y क्रोमोजम हुन्छ ।  महिलामा हुने त्यो अतिरिक्त एक्स  क्रोमोजोमले इम्युनिटी पावर बढाउन ठूलो भूमिका खेल्ने उनी जिकिर गर्दछन् । यस अलावा पुरुषमा हुने सेक्स हर्मोन Testestorone ले इम्युन सिस्टमलाई दमन गर्छ भने महिलामा हुने सेक्स हर्मोन estrogen ले इम्युन सिस्टमलाई जम्प गर्छ जसले गर्दा भाइरल संक्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने उनको कथन छ । पुरुषको अन्डकोषमा धेरै ACE2 रिसेप्टर हुन्छन् जसको कारण भाइरस शरीरभित्र पस्ने धेरै सम्भावना हुने डा. समिरको भनाई छ ।

टिप्पणीहरू