पाथीभरामा तीर्थयात्री शून्य
नेपालमा कोरना भाइरसका कारण चलिरहेको लकडाउनको ४० दिन पुरा भइसकेको छ । यस एक महिना भित्र नेपालको पूर्वोउत्तर ताप्लेजुङ्मा रहेको पाथीभरा दर्शन गर्ने यात्रुहरु शून्य अवश्थामा रहेका छन् तीर्थयात्रीको आवागमन बन्दरहेको छ ।
यस पाथीभरामा रामनवमी (चैते दशैं) को समयमा सात दिन हजारौ हजार तिर्थयात्रीहरुको भिड हुने गर्दथ्यो । अन्य दिनहरुमा १५ सय २ हजार तिर्थयात्रीहरुको दैनिक रुपमा आवागमन बन्दहुँदा लाखौ रुपैंयाँ भेटिघाटी संकलन शून्य अवस्था रहेको छ । पूर्वको आन्तरिक पर्यटनको आधार पाथीभरा तिर्थका कारण झापा, इलाम, पाँचथर र ताप्लेजुङ सहित चार जिल्लाका उद्योगी तथा व्यापारीहरुको व्यावसायमा टेवा पुगेको पाथीभरा दर्शनमा एक महिना शून्यता छाउँदा करोडौको कारोवार ठप्प भएको छ लाखौ भेटिघाटी र कृषिजन्य सामाग्री तथा रोजगारीमा समेत शून्यता छाएको छ ।
ताप्लेजुङ्को सुकेटार भन्दा माथी रहेको पाथीभरा क्षेत्रमा जम्मा ४९ वटा होटल व्यवसायहरु चलेका छन् जसको मासिक कारोवार करोडौं हुने गरेको र नाफा मात्र २० लाख देखि २५ लाख सम्म हुने गरेको व्यावसायीहरुको भनाइरहेको छ । होटलमा चल्ने कृषिजन्य सामाग्रीमा दुध र सागसब्जी स्थानीय कृषकबाट रु ५ लाख बराबरको खरिद गरी खपत हुने गरेको थियो भने सदरमुकाम फुङ्लिङ् बजारबाट पनि कृषिजन्य सामाग्री त्यसको तीन गुना बढी सम्म खरिद गरी लैजाने गरेको व्यवसायीहरु बताउँछन् । यसरी हेर्दा कृषि क्षेत्रमा १५, २० लाख सम्मको उत्पादनबाट नगद सटही हुन सकेन ।
रामनवमी (चैते दशैं) लाई विशेष अवसर मानेर तिर्थयात्रीको भिडलाग्ने गरेको थियो यही समयमा लकडाउन पर्न जाँदा ८० हजार देखी एक लाख सम्म तिर्थयात्रीहरुको आवागमन बन्द हुँदा २५ देखि ३० लाख भेटिघाटीबाट हुने आम्दानी शून्य भएको छ । हिड्न नसक्ने मानिसहरुलाई ढाडमा बोकेर पहाडको उकालो पाथीभरा चुचुरोमा लैजाने १२, १५ जना युवाको रोजगारी गुमेको छ ।
होटल व्यावसायी र तिनका सहयोगीहरु बेरोजगार बनेका छन् । यातायात व्यावसायीहरुका गाडी गुडेका छैनन् ३ सय पचासका दरले ८० हजार देखि एक लाख मानिस बोक्दा हुने आम्दानी गुमेको छ । सदरमुकाम फुङ्लिङ् बजारका होटल पसलमा पाथीभराका तिर्थयात्रीबाट हुने लाखौको आम्दानी गुमेको छ । पाथीभरा सरसफाई, पुजारी लगायतका १६ जना कर्मचारी काम विहिन भएका छन् । अहिले नित्य पुजाआजा र पठन पाठन मात्र भइरहेको छ । यस लकडाउनका कारण एक महिना भित्र ताप्लेजुङको पाथीभरा पर्यटनलेमात्र पनि करोडौको कारोवार र करोड भन्दा बढी आम्दानी गुमाएको स्थानीयहरु बताउछन ।
टिप्पणीहरू