काेरिया जाने जहाजमा काण्ड

काेरिया जाने जहाजमा काण्ड 

गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपालीको अभिभावक, सुखदुःखमा साथ दिने संस्था ! सबैलाई यही लाग्छ । तर, त्यही संस्थाबाट नेपाली नागरिकलाई विदेशमा दुख दिने, ठग्ने जस्ता गतिविधि सुन्नमा आउछन् । यसको पछिल्लो उदाहरण हाे – दक्षिण काेरियाकाे एनआरएनए ।

प्राप्त जानकारीअनुसार, एनआरएनए काेरियाले आफ्ना कुनै पनि गतिविधिमा टीका टिप्पणी नगर्न भन्दै नेपालीहरुलाई धम्काउने गरेको छ । पछिल्लोपटक एनआरएनए दक्षिण काेरियाका राम्रा मात्रै समाचार लेख्नु,नराम्रा समाचार लेखे प्रहरी लगाएर नेपाल पठाइदिन्छाै भनेर पत्रकारहरुलाई समेत धम्काउने गरेको पाइएको छ ।

दक्षिण काेरियाबाट रिपोर्टिङ गर्ने पत्रकारहरु नेपाल फर्काईने डरले थुरथुर भएका छ्न् । काेरियन प्रहरीलाई उजुरी गरेपछि भिषासमेत रद्द गरि नेपाल पठाइदिन्छाै भन्न थालेपछि नेपाली पत्रकारहरुमा मनाेबैज्ञानिक त्रास बढेको छ ।

यस्तो मनावैज्ञानिक त्रास दिने कुरामा सिङ्गो एनआरएनए काेरिया नै लागेको गुनासो छ । एनआरएनएकाे बारेमा आउने विरोध तथा समाचारहरुकाे बारेमा निगरानी गर्ने जिम्मा सचिवद्वय विमल सुवेदी र मनाेज गाैतम, युवा संयाेजक अरुण श्रेष्ठ (इपिएस छिङगु) तथा केन्द्रीय सदस्य अबधेशकुमार चाैरसियाले पाएको श्रोताले बताएको छ । उनीहरु अहिले छाडा रुपमै प्रस्तुत हुन थालेका छन । ब्यक्तिगत रुपमा पत्रकारहरुलाई फाेन गर्दै धम्काउने गरेको समेत पाइएकाे छ । भिसा अवधि बाकी रहेका तथा काेरिया जान नपाएर नेपालमै अलपत्र परेका नेपालीहरुकाे लागि चार्टर भएको विमान कमिसनमा कुरा नमिल्दा स्थगित भएको रिस एनआरएनएले पत्रकारहरु माथि पाेख्न थालेको छ ।

प्रेस स्वतन्त्रता दिवसकै दिन धम्कि 

विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका पूर्ब सहसचिब तथा क्रियाशील पत्रकार अर्जुन बराल र महासघकि दक्षिण काेरिया सदस्य सविना कार्कीलाई ब्यक्तिगत आरोप लगाउदै एनआरएनए दक्षिण काेरियाका युवा संयोजक अरुण श्रेष्ठले आफ्नो ईपिएस छिङगु नामकाे फेसबुक पेजबाट र केन्द्रिय सदस्य अबधेस चाैरासियाले फेसबुकबाट पत्रकार बरालको कार्कीकाे तस्बिर राखेर तथानाम गालि गरेका छन् । दुबै पत्रकारलाई पत्रुकार भन्दै स्टाटस लेखेको छन । पत्रकार बराललाई दक्षिण काेरिया उड्न थालेको नेपाल एरलाइन्सकाे चार्टर्ड विमान उडान स्थगित गरेको आराेप लगाएका छन । कार्कीले एनआरएनए दक्षिण काेरियाकाे सम्बन्धि समाचार शेर गरेकि थिइन, साेहि बिषयमा उनलाई धम्काइएकाे छ । अबधेस चाैरासियाले त कार्कीलाई आइतबार साँझ फाेन गरेर साेमबार मंगलबार एनआरएनले कुनै कदम लिएर कार्वाही गर्ने समेत भनेको श्रोताले जनाएको छ ।

धेरैलाई थाहा नहुन सक्छ गएको बैशाख १८ गते भिसा अवधि बाकी भएका नेपाली लिएर नेपाल एरलाइन्सकाे जहाज दक्षिण काेरिया जाने तयारी थियो । मन्त्री परिषद्काे बैठकले दक्षिण काेरिया मजदुर पठाउने निर्णय गरेपछि उक्त जहाज जाने कुरा भएको थियो । उक्त जहाज एनआरएनए दक्षिण काेरियाले चार्टर्ड गरेको थियो । सुरुमा केही प्रतिशत भाडा जाने यात्रुले बेहोर्ने र बाकी एनआरएनएले बेहोर्ने हल्ला चलाइएकाे थियो ।

अन्तिममा एकजना बराबर एकतर्फी भाडा नेपाली एकलाख १३ हजार आसपास भनेपछि भाडामा कुरा नमिल्दा एनआरएनएकै कारणले जहाज स्थगित भएको थियो । कोरियन एयरलाइन्सले नेपालमा रहेका आफना नागरिक लिन एकतर्फि भाडा ८६४ अमेरिकी डलर कायम गरिएको थियो । याे हिसाबले पनि नेपाली एकलाख आसपास खर्च आउँछ तर एनआरएनएले चार्टर्ड गर्ने भनेको जहाजमा चर्को भाडा ताेकेपछि व्यापक विरोध भएको थियो । त्यहि रिस पत्रकार बरालमाथि पाेखिएकाे छ । एनआरएनएले यात्रुबाट कमिसन लिन खोजेपछि आन्तरिक रुपमा भद्रगोल हुदा जहाज उडान रद्द भएको बताईन्छ । कम्तीमा नेपाली १६ लाख जतिको कमिसन खेल थियो तर यात्रुले थाहा पाएपछि त्यो खेल पुरा हुन पाएन । सुरुमा यात्रुको स्वास्थ परिक्षण लगायतको कुराले जहाज उडान स्थगित भएको हल्ला चलाएपनि अहिले पत्रकारकाे कारणले स्थगित भएको भन्दै पत्रकारकाे बिरुद्धमा खनिने खेल सुरु भएको छ ।

पत्रकार र अन्य नागरिकलाई धम्कीपूर्ण ब्यवहार देखाएको याे मात्रै पहिलो घटना हाेइन । एनआरएनएका कमिकमजाेरिबारे केही कुरा बाेलेकै भरमा नेपालीहरुले धम्कि खप्न बाध्य भएका छन् । एनआरएनए दक्षिण काेरियाका पदाधिकारीहरुकाे धम्कीले नागरिकहरु मात्रै हाेइन सिंगो पत्रकार महासघं नै पिडित बनेको स्राेतले बताएको छ । हामी काेरियामा जे पनि गर्न सक्छौ, काेरियामा हाम्रो राम्रो पहुँच छ भन्दै धम्काउने गरेको बताईन्छ । सचिव विमल सुवेदी मनाेज गाैतमले राति राति रक्सि खाएर धेरैलाई फुच्चे पत्रकार भन्दै धम्काएकाे अडियाे समेत सुरक्षित छ । पत्रकारलाई दिएको धम्कीकाे बिषयमा पत्रकार महासघ दक्षिण काेरियाले केन्द्रीय महासघसग गुहार माग्ने तयारी भैरहेको स्राेतले बताएको छ ।

टिप्पणीहरू