‘गद्दार प्रचण्ड–बाबुराम हुन् कि आलोक ?’
आलोकलाई विद्रूपीकरण गरेर व्यापक प्रचार गरिएको थियो । पार्टी र नेतृत्वप्रति विश्वास रहेको उसबेला हामी ‘आलोक प्रवृत्ति’बाट प्रशिक्षित थियौं । तर, विचार र मूल्यप्रति प्रश्न उठ्न थालेका थिए । त्यसक्रममा क. आलोकको विषयमा पनि बहस उठ्न थालेका थिए । काभ्रेमा काम गर्न थालेपछि आलोक परिवार, स्थानीय जनता र कार्यकर्ताका भावनाले उनलाई फरक कोणबाट हेर्दा कस्तो देखिएला भन्ने लाग्न थालेको थियो ।त्यसैक्रममा २०७० चैत ८ गते चौंरीतिर हान्निएको थिएँ ।
भोलाराज गिरीले देउराली पुग्नासाथ ‘कात्तिके देउरालीका मान्छेले किनेर खान्छन्, चौंरीकाले पिँधेर खान्छन्’ भन्ने उखान हाले । कात्तिके देउराली लेकबाट छिनेको पाखो भएका कारण सुक्खा रहेछ । चौरी शिरमा पानी भएको पाखो भएका कारण रसिलो रहेछ । त्यसैले त्यस्तो उखान चलेको होला । प्रचण्ड समूहका स्थानीय नेता केदार गौतमले मदिरा सेवन गरेर दुइटी युवतीलाई भकुरेको कारण तनावको अवस्था गाउँमा रहेछ । ‘चारपटक हातले पिटे, त्यसपछि बाख्राको किलो उखेलेर पिट्न खोज्दा दाइले रोक्नुभयो,’ पीडित युवती आक्रोशित मुद्रामा भन्दै थिइन् । मदिरा नष्ट गर्ने, तास खुवाउने माओवादी आज आफैं विकृतिको बाहक भएको छ । उसका कार्यकर्तामा आएको परिवर्तनले नै माओवादीको भावी दिशा र दशा प्रकट हुन्छ ।
ठुल्ठूला ढुंगा रहेको कारण पोखरी चौरी नाम रहेको बताइन्छ । चौंरीका गोठ ठण्डीमा लेकबाट चिसो छल्न बनाउने गरेका कारण पोखरीचौरी भनिएको भन्नेहरु पनि छन् । पञ्चकुमारी चौरी, कात्तिके देउराली चौरी, मदनकुँडारी चौरी आदि नाम त्यस क्षेत्रमा छन् । रामेछाप र काभ्रेको सिमाना भएर अग्ला अग्ला डाँडाको बीचमा सेती नदीझैँ हराउँदै, गहिरिँदै, सुसाउँदै चौरी खाला बहने गर्दछ ।
त्यसदिन आलोकको घरमा भाउजु र रेणुकाको आतिथ्यमा बास बस्यौं । अर्को दिन बिहान खिर्लाडाँडामा आलोकसहितका सहिदहरुको स्मारक अवलोकन गरियो । यानबहादुर गौतमसँग उसबेलाका दमन र प्रतिरोधका कथापान गरियो । त्यसदिन सम्भव भएसम्म आलोकका विषयमा धेरै मान्छेसँग भलाकुसारी भयो । आलोकलाई गाउँलेहरु रोइरोइ सम्झना गर्थे । चौरीमा आलोकको लोकप्रियता त्यहाँ पुगेर मात्र थाहा भएको थियो । उनी त्यस क्षेत्रका लोकप्रिय नेता रहेछन् ।
चैत ९ गते आलोकका मित केशवसँग भेट भयो । ‘कसैले आलोकलाई आफ्नो बाटोको बाधक ठानेर षड्यन्त्र ग¥यो कि !’ भन्दै थिए । उनको इशारा बाबुराम भट्टराईप्रति थियो । आलोकका जेठा छोरा किरण मलेसिया भासिएका छन् । ‘आलोकलाई आर्थिक अनियमितताको आरोप लगाइएको रहेछ । त्यसो भएको भए उनको परिवारले २०५० सालअघिको छाप्रोमा खोरीया खनेर बस्नुपर्ने थिएन । छोरो अरबको मरुभूमिमा भासिनु पर्दैनथ्यो होला । चोरले साधुलाई हकार्ने भएको छ,’ उनी भन्दै थिए । आलोकमाथिको आरोप र परिवारको अवस्थाबीच तालमेल मिल्दैनथ्यो । आलोककी दिदी कमला बेपत्ता छिन् । माइली दिदी बिन्दा गर्भवती अवस्थामा मारिइन् । कान्छो भाइ नवीन बेपत्ता छन् । पिता सन्तानको विघटनका कारण थलिएर मरे । यानप्रसाद गौतमका अरु आफन्त पार्टीमा अमेरिकामा कालाजातिको व्यवहार खेपिरहेका छन् । विघटनको भूमरीमा छन् उनीहरु तर उनलाई सराप्नेहरु सिँढी उक्लिरहेका छन् र झुपडीतिर थुकिरहेका छन् ।
शान्तिप्रक्रियापछि आलोकका वृद्ध पिताले प्रचण्डसँगको भेटमा गहभरि आँशु पार्दै ‘छोराले सम्पत्ति सामुहिकीकरण गर्नुपर्छ भनेको थियो, सम्पत्ति लुकायो भन्नुभएछ । मेरो अंश र बच्चाहरु जिम्मा लिनोस् म बूढो पनि छोराकै बाटोमा सहिद बन्छु’ भनेका रहेछन् । त्यसपछि चौरीको एक कार्यक्रममा आएर आलोकप्रतिको धारणामा पुनर्मूल्यांकन गर्ने जनाउ प्रचण्डले दिएका रहेछन् । आलोकको विवाह २०४० सालमा कृष्णमायासँग भएको हो । तर, सुधी कृष्णमायालाई आफ्नो विवाह भएको सालसमेत सम्झना छैन । आलोकमाथि कारबाही भएपछि परिवार भएकै कारण दुई महिना १५ दिन उनी पनि पार्टीकै अपहरणमा परेको कृष्णमायाको गुनासो छ । आलोकलाई चिठी पठाउन माग गरिन् । नेताको श्रीमती, छोराछोरी भएकै कारण नेतृत्वमा पुगेका, पु¥याइएका खबरहरु आउँथे तर आलोककी श्रीमती कृष्णमायाले आलोकलाई भेट्न पाइनन् । प्रचण्डसँग भेटेर गुनासो गर्ने विषय त टाढा थियो । प्रतिक्रियावादीहरुले मर्ने बेलामा अन्तिम इच्छा सोध्छन् । तर, माओवादी नेताहरुले त्यति पनि आवश्यक ठानेनन् ।
कम्युनिष्ट समाज पशुवत समाज बनाइयो । ‘आलोकलाई पार्टीले नै मारेको हो, नत्र मलाई भेट्न दिन्थे नि ! प्रचण्डसँग पनि भेट्न दिइएन । कहिले मारे त्यो पनि थाहा भएन । बहिनी रेणुका जेलमा थिइन् । बहिनी भेट्न जान बसभाडा भएन । घरमा सात दिनसम्म धुवाँ नदेखेपछि छिमेकी आए । एकजना छिमेकीले केही पैसा दिएपछि बहिनी भेट्न काठमाडौं गएँ,’ धर्धरी रुँदै कृष्णमाया भन्छिन् । त्यसबेला मलाई आफ्नै यात्राप्रति लघुताभाष भएको थियो । आलोक घटनासँग व्यक्तिगत रुपमा म कतै जोडिएको थिइन तैपनि किनकिन अपराधबोध भइरहेको थियो । शान्तिप्रक्रियामा आएपछि सहिद परिवारलाई अभिनन्दन गर्दा आलोकको परिवारलाई गरिएन । अपमानित गरियो । नातेदार र सहयात्री आलोकलाई पार्टीले नै मारेको ठान्छन् । शाही सेनाले मारेको समाचारप्रति उनीहरुको अविश्वास देखिन्छ ।
२०६९ सालमा चौरीको जागृति उच्चमाविको वार्षिक समारोहमा आलोकबारे नयाँ निर्णय गर्ने जनाउ प्रचण्डले जनमानसलाई ढाडस दिँदै भनेका थिए । वैद्य नेतृत्वको माओवादीले पार्टीको पूर्व निर्णय सच्याउँदै सहिद घोषणा गरे पनि प्रचण्डले मुख खोलेका छैनन् । आलोकका विषयमा बोल्न प्रचण्डलाई सजिलो छैन । किनकि बाबुरामलाई खुशी पार्न आलोकलाई चरु बनाइएको ठानिन्छ ।
प्रवेशिका परीक्षा सहिद शुक्र माविबाट उत्तीर्ण गरेपछि आलोकले केही समय ठमेलस्थित मल्ल होटलमा मजदुरी गरेका थिए । २०५७ सालमा दोभानटारमा प्रशिक्षण कार्यक्रम थियो । दिनेश शर्मा, नवीन शर्मा, कमला शर्मा गिरफ्तार भएका थिए । कोशीपारि व्यापक दमन थियो । त्यो प्रशिक्षणमा बोल्दाबोल्दै खालोक रोएका थिए । चौरीको सभामा गाउँमा दमन जारी राखेका देउराली चौकीलाई बेथानझैँ खरानी बनाउने धम्की आलोकले दिएका थिए । त्यसपछि चौरीको सभामा मात्र होइन, त्यस क्षेत्रमा दमन गर्न प्रहरी आएन । २०५८ सालपछि शाही सेना दमनमा उत्रिएको स्थानीयको अनुभव छ । प्रचण्डले जागृत माविको सभामा बोल्दै ‘हामी तुरुन्तै विषय सार्वजनिक गर्छौं’ भनेका थिए । विषयलाई लुकाउनुको रहस्य के हो ? स्थानीयको प्रश्न रहेको छ ।
आलोकलाई कारबाही गरेको अवस्थामा पनि स्थानीयको हृदयमा आलोकप्रति नकारात्मक भावना उब्जिएन । पार्टीप्रति नै उनीहरुले प्रश्न उठाए । समयले धेरै कुराको फैसला आफैं गर्छ भन्छन् । जनता होइन, नेतृत्व नै समस्याग्रस्त रहेको पुष्टि भएको छ आज । ‘सत्याग्रह साप्ताहिकले आलोक मारिएको समाचार छाप्यो, थवाङमा छ भन्ने सुनिन्थ्यो,’ आलोकका सहपाठी चूडामणि चौलागाईं भन्छन् ।
‘कक्षा ४ मा पढ्दा आलोकको घर आगलागी भयो । खान पनि पुगेन । विद्यालय जान सक्नुभएन । हामीले फेरि विद्यालय जान भन्यौं । प्रथम हुने मान्छे पढाइ छुटेकाले दोस्रोमा झरेका थिए । तल झरेको, घर जलेको, खानेकुरा नभएको त्यसबेला एकदिन आलोक साथीहरुका बीचमा रोएका थिए,’ ती दिन सम्झँदै चूडामणि भक्कानिन्छन् र भन्छन्, ‘रेणुका, भो मलाई नतड्पाऊ, म उसको कुरा गर्न चाहन्न, मलाई बिर्सन देऊ ती दिन ।’ वातावरण केही क्षण स्तब्ध बन्यो । रेणुकाले आँशु पुछ्दै भनिन्, ‘आलोकले आत्मसमर्पण गर्न होइन दाइ, लड्न सिकाएका हुन्, बाँचुञ्जेल लड्नुपर्छ ।’ त्यसपछि हाम्रो छलफल फेरि अगाडि बढ्छ । ‘गद्दार प्रचण्ड–बाबुराम हुन् कि आलोक ?’ चौलागाईं प्रश्न गर्छन् ।
उनि ‘कसैले आलोकलाई आफ्नो बाटोको बाधक ठानेर षड्यन्त्र ग¥यो कि !’ भन्दै थिए । उनको इशारा बाबुराम भट्टराईप्रति थियो । आज आलोकका जेठा छोरा किरण मलेसिया भासिएका छन् । ‘आलोकलाई आर्थिक अनियमितताको आरोप लगाइएको रहेछ । त्यसो भएको भए उनको परिवारले २०५० सालअघिको छाप्रोमा खोरीया खनेर बस्नुपर्ने थिएन । छोरो अरबको मरुभूमिमा भासिनु पर्दैनथ्यो होला । चोरले साधुलाई हकार्ने भएको छ,’ उनी भन्दै थिए ।
आलोकमाथिको आरोप र परिवारको अवस्थाबीच तालमेल मिल्दैनथ्यो । आलोककी दिदी कमला बेपत्ता छिन् । माइली दिदी बिन्दा गर्भवती अवस्थामा मारिइन् । कान्छो भाइ नवीन बेपत्ता छन् । पिता सन्तानको विघटनका कारण थलिएर मरे । यानप्रसाद गौतमका अरु आफन्त माओवादी आन्दोलनमा अमेरिकामा कालाजातिको व्यवहार खेपिरहेका छन् आज पर्यन्त । आलेकलाई सराप्नेहरु सिँढी सत्ताको सिहासनमा उक्लिरहेका छन् महलमा उक्लिएर गरीबाका झुपडीतिर लुटीरहेका छन् ।
माओवादी शान्तिप्रक्रियापछि आलोकका वृद्ध पिताले प्रचण्डसँगको भेटमा गहभरि आँशु पार्दै ‘छोराले सम्पत्ति सामुहिकीकरण गर्नुपर्छ भनेको थियो, सम्पत्ति लुकायो भन्नुभएछ । मेरो अंश र बच्चाहरु जिम्मा लिनोस म बूढो पनि छोराकै बाटोमा सहिद बन्छु’ भनेका रहेछन् । त्यसपछि रहस्य अझै उदागौ हुदै गयो ।
आलोकमाथि कारबाही भएपछि परिवार भएकै कारण दुई महिना १५ दिन उनी पनि पार्टीकै अपहरणमा परेको कृष्णमायाको गुनासो छ । आलोकलाई चिठी पठाउन माग गरिन् । नेताको श्रीमती, छोराछोरी भएकै कारण नेतृत्वमा पुगेका, पु¥याइएका खबरहरु आउँथे तर आलोककी श्रीमती कृष्णमायाले आलोकलाई भेट्न पाइनन् । प्रचण्डसँग भेटेर गुनासो गर्ने विषय त टाढा थियो । प्रतिक्रियावादीहरुले मर्ने बेलामा अन्तिम इच्छा सोध्छन् । तर, माओवादी नेताहरुले त्यति पनि आवश्यक ठानेनन् । कम्युनिष्ट समाज पशुवत समाज बनाइयो । ‘आलोकलाई पार्टीले नै मारेको हो, नत्र मलाई भेट्न दिन्थे नि ! प्रचण्डसँग पनि भेट्न दिइएन । कहिले मारे त्यो पनि थाहा भएन । बहिनी रेणुका जेलमा थिइन् । बहिनी भेट्न जान बसभाडा भएन । घरमा सात दिनसम्म धुवाँ नदेखेपछि छिमेकी आए । एकजना छिमेकीले केही पैसा दिएपछि बहिनी भेट्न काठमाडौं गएँ,’ धर्धरी रुँदै कृष्णमाया भन्छिन् । त्यसबेला मलाई आफ्नै यात्राप्रति लघुताभाष भएको थियो । आलोक घटनासँग व्यक्तिगत रुपमा म कतै जोडिएको थिइन तैपनि किनकिन अपराधबोध भइरहेको थियो । शान्तिप्रक्रियामा आएपछि सहिद परिवारलाई अभिनन्दन गर्दा आलोकको परिवारलाई गरिएन । अपमानित गरियो । नातेदार र सहयात्री आलोकलाई पार्टीले नै मारेको ठान्छन् । शाही सेनाले मारेको समाचारप्रति उनीहरुको अविश्वास देखिन्छ ।
किरण नेतृत्वको माओवादीले पार्टीको पूर्व निर्णय सच्याउँदै सहिद घोषणा गरे पनि प्रचण्डले मुख खोलेका छैनन् । आलोकका विषयमा बोल्न प्रचण्डलाई सजिलो छैन । किनकि बाबुरामलाई खुशी पार्न आलोकलाई चरु बनाइएको ठानिन्छ । ककोशीपारि व्यापक दमन थियो । त्यो प्रशिक्षणमा बोल्दाबोल्दै आलोक रोएका थिए । चौरीको सभामा गाउँमा दमन जारी राखेका देउराली चौकीलाई बेथानझैँ खरानी बनाउने धम्की आलोकले दिएका थिए । त्यसपछि चौरीको सभामा मात्र होइन, त्यस क्षेत्रमा दमन गर्न प्रहरी आएन ।२०५८ सालपछि शाही सेना दमनमा उत्रिएको स्थानीयको अनुभव छ । विषयलाई लुकाउनुको रहस्य के हो ? स्थानीयको प्रश्न रहेको थियो ।
आलोकलाई कारबाही गरेको अवस्थामा पनि स्थानीयको हृदयमा आलोकप्रति नकारात्मक भावना उब्जिएन । पार्टीप्रति नै उनीहरुले प्रश्न उठाए । समयले धेरै कुराको फैसला आफैं गर्छ भन्छन् । जनता होइन, नेतृत्व नै समस्याग्रस्त रहेको पुष्टि भएको छ आज । ‘सत्याग्रह साप्ताहिकले आलोक मारिएको समाचार छाप्यो, थवाङमा छ भन्ने सुनिन्थ्यो,’। ‘आलोकले आत्मसमर्पण गर्न होइन दाइ, लड्न सिकाएका हुन बाँचुञ्जेल लड्नुपर्छ ।’ त्यसपछि हाम्रो छलफल फेरि अगाडि बढ्छ । ‘गद्दार प्रचण्ड–बाबुराम हुन् कि आलोक ?’
आलोक रसिक स्वभावका मान्छे थिए । मदिरापान पनि गर्थे । त्यसो त त्यसबेला आलोकसँगै मदिरापान गरेर लुगामै तुक्र्याउनेहरु ‘मरेको बाघको जुँगा उखेल्ने’ भनेझैं गरिरहेका छन् । ती पाखण्डीहरुका विषयमा टिप्पणी गर्नुको के अर्थ हुन्छ र ! कतिपय कुरा आफूले आलोकसँग लडेका कारण पछाडि पारिएको भनेर कुण्ठा प्रकट गर्छन् भने पनि के नै गर्न सकिन्छ र ! एकदिन साथीहरुसँग ठट्टैठट्टामा आलोकले गाएछन्,
‘ए बोतल तैंले गर्दा
मलाई लगिस् होटल,
होटलमा पुगेपछि
समाएँ मैले बोतल’
आलोक सबै उमेर समूह र प्रकृतिका मान्छेलाई उत्तिकै प्रभाव पार्थे । आलोकले भाषण गर्न थालेपछि काठमाडौंका युवा, विद्यार्थी टोपी आकाशतिर फाल्दै ‘हुटिङ’ गर्थे । नेवाः र ताम्सालिङका कुनै गाउँ गल्ली होलान जहाँ आलोक नपुगेका हुन् ।
०००
जनयुद्धको पहिलो सफल फौजी कारबाही हो बेथान कारबाही । त्यसबेला पश्चिमले समेत पहल लिन सकिरहेको थिएन । त्यस्तो बेला आलोकको योजना र नेतृत्वमा तीर्थजस्ता कमाण्डर गुमाउनु परे पनि कारबाही सफल भएको थियो । त्यो कारबाहीले फौजी क्षेत्रमै नयाँ आयाम थपेको हो । त्यसैगरी दौलतसिंहको जनकारबाही पनि ऐतिहासिक थियो । आलोकको नेतृत्व क्षमता भट्टेडाँडा कब्जासम्ममा निकै तिखारिएको थियो । त्यसपछि सफलताले आलोकमा महत्वाकांक्षा, व्यक्तिवादी चिन्तन, अराजकता बढाउँदै लग्यो ।
पार्टीमा आलोचनात्मक दृष्टि भएन । ‘दास या दुश्मन’ को सम्बन्धमा सहकर्मीहरु भए ।सबैजसो माओवादी धारा त्यही रोगले थलिएका छन् । त्यो रोग झन् बढ्दै गएको छ । आलोक एक्ला रोगी होइनन् । ‘व्यथा पुरानै हो नानी’ भनेझैं चक्र घुमिरहेको छ । आलोकको आलोचना गर्नेहरु त्यसबेला दुश्मन बने, बनाइए । चाकरी गर्नेहरुले आलोकको पतनसँगै भाका फेर्दै अर्को गीत गाउन थालेका छन् । यो चक्र निरन्तर चलिरहेको छ ।
बाबुरामका लागि आलोक मुख्य दुश्मन बनेका थिए । प्रचण्डलाई बाबुरामले आलोकलाई थान्को लगाउन दबाब दिए । त्यसपछि प्रचण्डले फकाएर, लोभ देखाएर, मेरो भारी तपाईंले नभए पनि बोक्नुप¥यो, गुन तिर्छु भन्दै फसाएर समाप्त पार्ने रणनीति बनाए । प्रचण्ड कार्यालयका एकजना सदस्य भन्छन्, ‘राति १ बजेसम्म सिलिगुडीको एउटा होटलको बरण्डामा बसेर छलफल ग¥यौं । तपाईंकै कारण यहाँसम्म आइयो । अहिले तपाईंको नै समस्या भयो । समस्या स्वीकार गरेमा समाधान भइहाल्छ । हामी छौं, प्रचण्डलाई तपाईंले बचाउनुप¥यो भनेपछि सहजै गल्ती स्विकार गरे ।’ आलोकलाई समाप्त गर्ने रणनीति पूरा भएपछि अर्को दिन भारतको सबैभन्दा थोत्रो रेल ‘महानन्दा एक्सप्रेस’ चढेर प्रचण्ड, दिवाकर, सीता, पथिक, आलोक दिल्लीतिर हान्निए । आलोकलाई अलग्गै डिब्बामा बन्दीको हैसियतमा राखिएको थियो । राति प्रचण्डले पथिकलाई आलोकको चियो गर्न पठाए । आलोक रेलमा थिएनन् । अनेक आशंका भए । त्यसपछि प्रचण्डले पथिकलाई आलोकको खोजी गर्न सिलिगुडी फर्काए । सिलगुडीमा तनावपूर्ण अवस्थामा आलोकसँग पथिकको भेट भयो । एउटा स्टेसनमा भारतीय प्रहरीको ठूलो टोली हतियारसहित चढेछ । आलोकलाई प्रचण्ड गिरफ्तार भएको भन्ने लागेर आफू सिलिगुडी फर्किएका रहेछन् । ‘कमाण्डर नै गिरफ्तार हुनुभयो, बर्वाद भयो’ आलोकले शुरुमै भनेछन् । तनावमा रहेका सरस्वती महरा र नारायण दाहाललाई पथिकले इतिवृत्तान्त सुनाए । त्यसपछि आलोकलाई वास्तविकता बताइयो र दिल्लीतिर लगियो ।
आफू कारबाहीमा पर्दा पनि आलोकमा प्रचण्डप्रति अतुलनीय वफादारिता थियो । प्रचण्ड विचार संश्लेषणका लागि जे पनि गर्न तयार थिए । त्यसका लागि बाबुराम र किरणको समर्थन चाहिन्थ्यो । बाबुरामले आलोकलाई थान्को लगाउनुपर्ने शर्त राखेका थिए । प्रचण्डमा चरम उपभोक्तावाद रहेछ । आलोकमा सामान्य कमजोरी पाउनासाथ आफ्नो परमभक्त, सहयोगी र विश्वासपात्रलाई बलि चढाएर विचार संश्लेषण (प्रचण्डपथ) का लागि बाबुरामको समर्थन लिए । पछिल्लो अवधिमा अनन्तले समेत आलोकमाथि अन्याय भएको धारणा राखेका थिए तर धेरै ढिलो भइसकेको थियो ।
०००
रमेश ढुंगेलको हत्याअघि प्रचण्ड पूर्वको भेटघाट सकेर फर्केका थिए । ‘एउटा ऐतिहासिक फैसला गरियो’ भन्दै प्रचण्ड रोल्पा आएका थिए । रमेश ढुंगेलको सफाया गर्ने निर्णय भएको रहेछ तर त्यसको दोष आलोकलाई लगाइयो । कार्यकर्तालाई आलोकले नै होला भन्ने प¥यो’ एकजना वरिष्ठ माओवादी नेता भन्छन्, ‘आफू लुक्ने, तल भिडाउने नेता खतरनाक हुन्छ ।’
जनयुद्धको उषाकालमा पूर्वमा आलोक र पश्चिममा बादल उदीयमान नेता थिए । उनीहरुमा उच्च नैतिक बल, लोकप्रियता र पकड थियो । त्यसलाई प्रचण्डले खतराको घण्टी ठानेका हुन सक्छन् । दक्षिणपन्थी प्रवृत्तिसँग लडिरहेका आलोक बाबुरामका कट्टर विरोधीको रूपमा चिनिन्थे । प्रचण्डको निकट बन्दै गएका रवीन्द्रश्रेष्ठसँग पनि कार्यक्षेत्र अतिक्रमणलगायतका विषयलाई लिएर आलोकको असमझदारी बढ्दै गएको थियो । बादल र रवीन्द्रसँग पनि सम्बन्ध बढाउन सकेनन् या चाहेनन् । उनको घेरा साँघुरो हुँदै गयो ।
सामान्य यौनकमजोरी हुनासाथ अस्वाभाविक र पुष्टि गर्नै नसकिने गरी आलोकलाई दुश्मनसरहको कारबाही गरियो । बादललाई त्यसरी नै पन्छाइएको थियो तर आलोकले प्रचण्डलाई पीठ पछाडि छुरी उध्याइरहेको भेउ पाएनन् । यसरी कमरेड. आलोकको निषेध भयो । यसबेला समयले आलोकको पुनर्मूल्यांकन खोजिरहेको छ । आलोकको विद्रूपीकरण सही थियो कि अन्यायपूर्ण ? समयले फछ्र्योट गर्नेछ ।
२०७० चैत
टिप्पणीहरू