संसदीय सुनुवाई समिति

विवादित राजदूतहरु अनुमोदित, रास्वपासहित सत्तापक्षकै फरक मत

संसदीय सुनुवाई समितिले विभिन्न देशका लागि यसअघि सरकारले प्रस्ताव गरेका १७ राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ । आज बसेको संसदीय सुनुवाई समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये एक जनाको नाम अनुमोदन हुन सकेन । समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार उजुरीकर्ताहरुको उजुरी, प्रश्तावित राजदूतको स्पष्टिकरण, कार्ययोजनाका आधारमा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराई बाहेक अरुको नाम बहमुतले अनुमोदन गरिएको छ । भट्टराईका शैक्षिक योग्यताक…