नेपाल खानेपानी संस्थान

बेला नपुग्दै हटाइए हाकिम

सरकारको बलमिच्याईमा लगाम लगाउन अदालतले बेलाबेला विभिन्न आदेश दिंदै आएको छ । तर,सरकारी कर्मचारी तथा संस्थानका पदाधिकारीलाई वीचैमा लखेट्ने मानसिकता पनि उस्तै छ ।  पछिल्लो पटक यस्तै घटना नेपाल खानेपानी संस्थानमा दोहोरिएको छ । चार वर्षका लागि नियुक्त महाप्रवन्धक ईश्वरीप्रसादलाई कार्यावधि बाँकी रहँदै हटाइएको छ । क्याबिनेट निर्णयबाट २०७८ साल पुस १४ गते नियुक्त भएका उनलाई खानेपानी मन्त्रालयले जेठ ८ गते बर्खास्तीको पत्र थमाएको छ ।उनको कार्यकाल अझै एक वर्ष सात महिना बाँकी…