अवार्ड

किनेर पाइने यस्तो सम्मानको के काम ?

कुनै पनि क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउनेलाई सम्मानस्वरूप ‘अवार्ड’ दिइन्छ । अवार्ड दिनुको उद्देश्य त्यस क्षेत्रमा थप योगदान पुर्‍याउन प्रोत्साहन गर्नु हो । तर, पछिल्लो समय अवार्ड दिने होडबाजी नै चलेको छ । मुलुकमा बर्सेनि दर्जनौं ‘अवार्ड शो’ आयोजना गरिन्छ । चलचित्र, शिक्षा, बैंक तथा वित्तीय संस्था, पर्यटनसम्बद्ध अवार्ड सबैभन्दा धेरै आयोजना हुने गरेको छ ।  अवार्ड समारोह बढिरहेको छ तर अवार्ड पाउनेले गर्व गर्न सक्ने स्थिति छैन । पैसामा अवार्ड बाँ…