बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

जाते जाते झण्डै एउटा ज्यादति

न नियमावली भेटिन्छ, न त कर्मचारी दरबन्दी नै स्वीकृत । सोही निकायमा आफू निकटस्थ कर्मचारीलाई हाकिम बनाएर खटाउन खोज्दा सिंहदरबारका एक पदाधिकारीले घर जान लागेका मन्त्रीको हप्कीदप्की भेटेका छन् । यसरी खप्की भेट्ने मन्त्री माओवादी, सहसचिव पनि माओवादी । संयोगबस् दुबै तामाङ थरका । सोमबार अपराह्न सहसचिव हेमराज तामाङले अन्य कर्मचारीकै अगाडि पर्यटनमन्त्री हितबहादुर तामाङको गाली खाएका हुन् । सहसचिव तामाङले एउटा निकायको निम्ति निमित्त कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाएसँग…