विप्लव र जनार्दन

विप्लव र जनार्दनबीच शिवगढीमा तीन घण्टा भेटवार्ता

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।  कपिलवस्तुको शिवगढीस्थित विप्लव निवासमा दुई नेताले भेट गरेका हुन् । आज बिहान भएको करिब तीन घण्टा लामो भेटवार्तामा समसामयिक राजनीतिबारे छलफल भएको बताइएको छ ।  माओवादी केन्द्रको तिहारअघि बस्ने केन्द्रीय समिति बैठकले माओवादी घटकसँग एकता गर्नेबारे औपचारिक निर्णय गर्ने तयारी गरेको चर्चाका बिच जनार्दन र विप्लवको भेटलाई अर्थपूर्ण मा…