अच्युतप्रसाद खरेल

बाको नाम बेच्दै यतिसम्म

दायाँतिर ‘बा’ भएपछि छोराहरूलाई ढुक्क । चाहे राजश्वको मुद्दा चलोस् वा कालोसूचीमै परियोस् । तिनलाई छुने/चलाउन खोज्ने कठोर कर्मचारीलाई कसरी भकुण्डो बनाइन्छ र बाटोको काँडो पन्छाइन्छ भन्ने दृष्टान्त हो यो । एउटा निर्माण कम्पनीले राजनीतिक संरक्षण पाएर मुलुकमा समानान्तर सत्ता चलाइरहेको केही उदाहरण हेरौं । सरकारी ठेक्कापट्टामा उसको सिण्डिकेट कतिसम्म छ भने मन्त्रालय, अदालत, अस्पतालदेखि पालिकासम्म अरुले चियाउनै नसक्ने । शक्तिको आडमा ठेक्का ओगट्ने, भवन निर्माण गरे पनि कमसल…