लक्ष्मण चाैलागाई विद्राेही

जबसम्म जिबी राई आउँदैनन्, तबसम्म भीड लागिरहन्छ

आज बजारमा क्रान्ति शब्द एकदमै सस्तो बन्दै गएको छ । अरुले फालेको पुरानो तन्त्रको जगमा नयाँ तन्त्रको खिलाफ भीड जम्मा गरेर आउनेहरूले क्रान्ति शब्दलाई पत्रु बनाइदिएका छन् ।  विसंगति, बेथिति र अराजकता मच्चाउनेलाई सलुट गर्नेहरूको भीडले आफ्नो भीडलाई नीलो क्रान्तिको संज्ञा दिएको देख्दा क्रान्ति शब्द नै लज्जित भएको छ ।  भीड जम्मा हुनु क्रान्ति होइन, सुशासनको ज्योति प्रज्वलन गर्नु र जनतालाई हक अधिकार दर्ज गर्नुचाहिँ क्रान्ति हो । दुई चार जना मान्छेलाई सहयोगको नाटक मञ्चन गरेर कर…