नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
अर्को माओवादीद्वारा जनसत्ता घोषणा, मुलुकभर जनकारबाही
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनसत्ताको घोषणासहित देशव्यापी जनकारबाही अघि बढाउने निर्णय गरेको छ । गौरव महासचिव नेतृत्वको पार्टीको दोस्रो विस्तारित बैठकले पाँच कमाण्ड इञ्चार्ज पनि तोकेको छ । सशस्त्र जनविद्रोहको कार्यदिशासहित पछिल्लो केही समयदेखि देशव्यापी रुपमा जनसंघर्षमा रहेको पार्टीको दावी छ । बैठकमा जनसत्ता प्रमुखको जिम्मेवारीसमेत तोकिएको छ । गौरवको अध्यक्षतामा बसेको बैठकले पूर्वी कमाण्ड इञ्चार्जमा शेखर सिंह,मध्य कमाण्ड इञ्चार्जमा अग्नी, मध्यपश्चिम कमाण्ड इञ्…