डा.ल्हारक्याल लामा
बाक्लियो ल्हार्केलको नयाँ दिल्ली आउ जाउ
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा आज भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । उनी केही महिनादेखि गुमनाम रहँदै आएका थिए । गत असारमा माओवादी नेतृत्वको सरकार एकाएक हटेपछि उनी नियमित झैँ भारतको बिहार,उत्तर प्रदेश र नयाँ दिल्लीमा बस्दै आएको स्रोतको दाबी छ । सोही क्रममा उनी एअर इण्डियाको उडान नम्बर एआई २१४ मा आज दिउँसो पौने ४ बजे काठमाडौंबाट त्यता गएको बताइन्छ । स्वदेशमा गुमनाम भए पनि उनी लगातार भारत जाउआउ गर्दै गरेको लामा निकटस्थ स्रोतको दाबी छ । …