सुजङ अस्पताल
अस्पतालमा बालिकाको मृत्यु, तीन जना डाक्टर पक्राउ
उपचारको क्रममा नौ वर्षीया बालिकाको मृत्यु भएपछि डोटीमा तीन जना चिकित्सक पक्राउ परेका छन् । भाँच्चिएको हातको उपचार क्रममा बालिकाको मृत्यु भएपछि प्रहरीले चिकित्सकहरू राजमणि यादव, सुरेन्द्रकुमार चौधरी र अभिषेक यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । खेल्ने क्रममा लडेर हात भाँच्चिएकी दिपायल सिलगढी नगरपालिका ३ कि ९ वर्षीया बालिका रजनी भुलको सुजङ अस्पतालमा ज्यान गएको हो । अपरेसन गर्ने क्रममा बालिकाको मृत्यु भएको जनाउँदै आफन्तले उजुरी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका …