विदेशी ठेकेदार कम्पनी

पाइलैपिच्छे स्थानीय सरकारको अत्तो, पोखरा कहिले पुग्ने छैन पत्तो

मुलुकको कुनै पनि भागमा सन्चालित ठूला परियोजना र निर्माण कार्यमा झ्याउलो उत्पन्न हुने क्रम बढ्दो छ । विशेषगरी विदेशी ठेकेदार कम्पनीको सहभागिता रहेका परियोजनामा स्थानीय तह,तिनका जनप्रतिनिधि, डन, चुल्ठे र मुन्द्रेहरुको दबदबाका कारण परियोजनाहरु समयमा निर्माण सम्पन्न हुन सकेको छैन । त्यस्तै रुप यतिखेर मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाको एउटा खण्डमा देखिएको छ । उक्त आयोजनाअन्तर्गत खण्ड दुईको निर्माण कार्य विशेषगरी स्थानीय तहको बलमिच्याइँका कारण प्रभावित भएको बताइन्छ । सडक बि…