शिष्टाचार भेट

रुस–युक्रेन युद्धसँगै काठमाडौं–मस्को उडानको चर्चा

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी राजदूत अलेक्सेई नोभिकोभले शिष्टाचार भेट गरेका छन् । उहाँहरुबीच सिंहदरबारस्थित संसद सचिवालयमा रहेको अध्यक्षको कार्यकक्षमा कुराकानी भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको जनाइएको छ । अध्यक्ष दाहालले नेपाल–रुस सम्बन्ध विगतदेखि नै सुमधुर रहेको उल्लेख गर्नुहुँदै जनस्तरको सम्बन्धले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गनुभयो । …