जसपा अध्यक्षपछि काँग्रेस नेताले माओवादी रोजे
नेपाली कांग्रेस स्याङ्गजाका नेता लालबहादुर अधिकारी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
फेदिखोला गाउँपालिकाका स्थानीय नेता उनी कांग्रेस छोडेर आज माओवादीमा मिसिएका हुन् । पोखरा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिकारीलाई पार्टीमा स्वागत गरे ।
यसअघि आज बिहान अशोक राई नेतृत्वको जसपा कर्णाली प्रदेश अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता-कार्यकर्ता पनि माओवादी प्रवेश गरेका थिए । प्रचण्ड निवास खुमलटार पुगेर उनीहरु माओवादीमा समाहित भएका हुन्…