राजावादीहरूको इज्जत धान्दै चबरा
निर्णयक भनिएको आन्दोलन तुहिएसँगै असार लागेयता काठमाडौँमा राजावादी चहल पहल हराएको छ ।
गणतन्त्र दिवसको रणनीतिक दिन पारेर राजावादीहरुले जेठ १५ गतेदेखि 'निर्णायक आन्दोलन' शुरु गरेका थिए । नवराज सुवेदीको समितिले राजा नफर्किंदासम्म आन्दोलन नरोकिने घोषणा गरेको थियो । तर, लाखौँ जनता सडकमा उतारेर व्यवस्था उल्ट्याउने भनिएको आन्दोलन पाँच दिन पनि टिकेन ।
१५ गते शान्तिवाटिकामा भएको प्रदर्शनमा ५ हजार मान्छे जम्मा भएकोमा दोस्रो दिन घटेर १५ सय हुँदै पाँचौं दिन केही स…