पूर्वराजा ज्ञानेन्द्रलाई १७ साल दोहोर्याउन राजावादीहरुले दबाब दिने

पूर्वराजा ज्ञानेन्द्रलाई १७ साल दोहोर्याउन राजावादीहरुले दबाब दिने

राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेको राष्ट्रवादी नागरिक समाजले चैत १७ गते काठमाडौँमा जुलुस निकाल्ने निर्णय गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय गराउन राजावादीहरु सडकमा निस्कन लागेका हुन् ।  

२०१७ साल दोहोर्याउन पूर्वराजा शाहलाई दबाब दिने उद्देश्यले बृहत जुलुस र सभा गर्न लागिएको समाजले जनाएको छ । सभा चैत १७ गते शुक्रबार रत्नपार्कस्थित शान्ति वाटिकामा हुने छ । 

०१७ सालमा तत्कालीन राजा मेहन्द्रले सैन्यबलमा जननिर्वाचित सरकारलाई अपदस्थ गरी निरंकुश शाही शासन शुरु गरेका थिए । दलमाथि प्रतिबन्ध लगाइएको उक्त घटनापछि २०४६ सालसम्म मुलुकमा पञ्चायती शासन चलेको थियो । लोकतन्त्रको घाँटी निमोठिएको उक्त दिनलाई राजवादीहरुले उत्सवका रुपमा मनाउने गरेका छन् ।

प्रजातन्त्रवादीहरुले भने महेन्द्रको त्यस कदमलाई कालो दिनका रुपमा लिने गरेका छन् ।

टिप्पणीहरू