रवि लामिछानेको मागप्रति प्रधानमन्त्री सकारात्मक, भ्रष्टाचारका फाइल खोल्न तयार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवनबाट नवनिर्वाचित सांसद रवि लामिछानेको मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ ।
हिजो गृहजिल्ला चितवन पुग्नुभएका प्रधानमन्त्रीले भ्रष्टाचारसँग जोडिएका फाइल खोल्न र कारबाहीको प्रक्रिया अघि बढाउन आफू तयार रहेको उल्लेख गर्नुभएको छ । आज बिहान भरतपुरमा आयोजित पत्रकार भेटघाटमा उहाँले उक्त कुरा उल्लेख गर्नुभएको हो ।
रवि लामिछानेको पार्टीलाई सरकारमा सहभागी हुन आह्वान गर्दै उहाँले भन्नुभयो,…