मनमोहन प्राविधिक विश्वविद्यालय

स्रोतसाधन सीमित, गति बढी

-आषिका लम्साल दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि कोशी प्रदेशमा स्थापना भएको मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय ‘मनमोहन प्राविधिक विश्वविद्यालय’ ले गति लिन थालेको छ । २०७६ असोज ६ गते प्रदेशसभाबाट स्वायत्त विधेयक पारित गरेर असोज १६ मा प्रदेश प्रमुखबाट प्रदेश ऐन प्रमाणीकरण गराएर राजपत्रमा प्रकाशित भएपछि सञ्चालनमा आएको विश्वविद्यालयले विभिन्न संकायमा अध्यापन गराउन थालेको छ ।  मोरङको हात्तीमुढामा २०६५ सालदेखि सञ्चालनमा रहेको मनमोहन स्मृति प्रतिष्ठान…