वैदेशिक रोजगार

देश छोड्नेहरूको लर्काे

राहदानी लिएर वैदेशिक रोजगारमा जाने नागरिकको संख्या एक वर्षको अवधिमा १२ हजार २ सय ६३ पुगेको छ । जसमा पुरुष ८ हजार ६ सय ८८ जना र महिला ३ हजार ५ सय ७५ जना छन् । अवसरका लागि जिल्ला छाडेर अन्य मुलुक जानेहरू पनि टन्नै छन् । यसमा भारत जानेहरूको हिसाब छैन । राहदानी बनाउनेमध्ये अन्य केही समयका लागि घुम्न र अध्ययनका लागि गएको बताइएको छ । वैदेशिक रोजगारका लागि म्यानपावरमार्फत पुरुष ४ हजार १ सय ९३ जना र महिला १ हजार ५ सय ४० जना गएका छन् । दुई देशको जिटुजी सम्झौताअन्तर्गत…