सन्दीप लामिछाने

सरकारी जोडबलपछि पनि सन्दीपको भिसा रिजेक्ट

क्रिकेटर सन्दीप लामिछानेको भिसा रिजेक्ट भएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक धारणा सार्वजनिक गरेको छ । राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका क्यानका सचिव पारस खड्काले आज साँझ विज्ञप्ति सार्वजनिक गर्दै सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा समेत अमेरिकाले भिसा नदिएको जानकारी गराएका हुन् । अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन असमर्थता जनाएको विज्ञप्तिमा उल्लेख छ ।  ‘संयुक्त राज्य अमेरिका र वेष्ट इण्डिजमा सञ्चालन हुन लागेको आइसीसी पुरुष टि–२०…