सवारी साधन

अलपत्र सवारी साधनमा लसुन खेती

जिल्ला ट्राफिक कार्यालय, सुर्खेतको परिसर नजिकै अलपत्र अवस्थामा रहेको गाडीको पछाडि भागमा लसुन खेती गरिएको छ । उक्त खेतीको तस्बिर यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । ट्राफिक प्रहरीले जफत गरेको भनिएको चार पाङ्ग्रे पिकअपको पछाडि भागमा लसुन रोपेर हरियो बनाइएको तस्बिरमा देख्न सकिन्छ ।  मानमोहन सिंहले सामाजिक सञ्जालमा तस्बिर राख्दै लेखेका छन्,‘जिल्ला ट्राफिक कार्यालय, सुर्खेतमा अलपत्र अवस्थामा रहेको गाडीको पछाडि भागमा लसुन खेती गरिएको छ । जफत गरेको गाडीमा अब य…