सार्वजनिक यातायातमै फल्स बटम बनाएर तस्करी

सार्वजनिक यातायातमै फल्स बटम बनाएर तस्करी

झापाबाट मोरङतर्फ आइरहेको सार्वजनिक सवारी साधनमा फल्स बटम बनाएर सामान तस्करी गरिएको भेटिएको छ । सशस्त्र प्रहरी बल नेपालले हिजो एउटा सवारी साधनमा फल्स बटम बनाएर अवैध सामान ओसारेको तथ्य फेला पारेको बताइन्छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वार्टर भद्रपुरबाट खटिएको टोलीले मे १ ख ३७३९ नम्बरको सार्वजनिक यातायातमा फल्स बटम बनाएर ओसारिएको सामानसहित बस नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका १० निन्दापुल नजिकैबाट बस र सामान नियन्त्रणमा लिइएको बताइएको छ ।

फल्स बटम ल्याएर ल्याइएको सामानको मूल्य अन्दाजी साढे २ लाख रुपैयाँ बराबरको भएको जनाइएको छ । सवारी साधनको अगाडि र पछाडिका चक्काको बीचमा फल्स बटम बनाएर जुत्ता चप्पल, खाद्यान्न, पेय पदार्थ र तामाका भाँडा तस्करी गरिएको हो ।

बरामद सामान र सवारी साधनलाई थप अनुसन्धान र कारबाहीको निम्ति मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

टिप्पणीहरू