इजरायलमा रहेका नेपालीलाई सुरक्षा प्रोटोकल पालना गर्न आग्रह, हटलाइन सेवा शुरु
इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
इरान र इजरायलबीच बढ्दो तनावसँगै जोखिम बढेकाले सुरक्षामा विशेष ध्यान दिन र घरबाहिर ननिस्कन दूतावासले सतर्क गराएको हो । दूतावासद्वारा जारी सूचनामा सकेसम्म सुरक्षित आश्रयस्थलको सुविधा भएकोस्थल आसपासमै रहन सुझावसमेत दिइएको छ ।
स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन पनि दूतावासले…