जर्मनीस्थित नेपाली दूतावासको पोल्याण्डमा घुम्ती सेवा
जर्मनीमा रहेको नेपाली दूतावासले पोल्याण्डमा घुम्ती सेवाको आयोजना गर्ने भएको छ । दूतावासले आउँदो ३१ मार्चदेखि ३ अप्रिलसम्म पोल्याण्डमा रहेका नेपालीलाई घुम्ती सेवा दिन लागेको बताइएको छ ।सन् २०२४ मार्च ३१ सम्म म्याद भएका राहदानी नवीकरण गर्ने प्रयोजनको निम्ति सेवा सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ ।
कार्यक्रममा परिषद्को सदस्य राष्ट्र रहेको नेपालले यसबीचमा गरेका प्रतिबद्धता र त्यसमा प्राप्त प्रगति अवगत गराइने छ । त्यसैगरी नेपालले संक्रमणकालीन न्यायसँग जोडिएका विषय र प्राप्त उपलब्धिबारे पनि अन्तर्राष्ट्रिय समुदायलाई मन्त्री पौड्यालले जानकारी गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी उहाँले विभिन्न द्विपक्षीय भेटवार्ता, परिषद्का उच्चायुक्त, अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का महानिर्देशकलगायतसँग समेत भेट गर्नुहुनेछ ।
‘नेपाली राहदानी नवीकरण गर्ने प्रयोजनका लागि पोल्याण्डमा रहेका नेपाली नागरिकहरुलाई प्रत्यक्ष सेवा प्रदान गर्न यस राजदूतावासको एक घुम्ती टोली आगामी ३१ मार्चदेखि ३ अप्रिल २०२३ सम्म पोल्याण्डको वार्सामा खटाइने कार्यक्रम रहेको छ’, जारी सूचनामा भनिएको छ ।
दूतावासले यसबारे सम्पूर्ण नेपालीलाई जानकारी गराउन अवैतनिक नेपाली वाणिज्य दूतावास, वार्सा र गैरआवासीय नेपाली संघ, वार्सालाई निर्देशन दिएको छ । जर्मनीस्थित नेपाली दूतावासको कार्यक्षेत्रमा पोल्याण्ड, चेक गणतन्त्र, हंगेरी, रोमानिया, बुल्गेरिया, युक्रेनलगायत मुलुक पर्छन् ।
टिप्पणीहरू