नेपाल विद्युत् प्राधिकरण

यता बिजुली झलमल्ल, उता कुलमान अलमल्ल

सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्ती गरेकै दिन अर्थात् फागुन २४ गते उनी मकवानपुरको चेपाङ बस्तीमा थिए । पञ्चैबाजासहित राक्सिराङ गाउँपालिकाका अध्यक्ष, पूर्व राज्यमन्त्री, पूर्व सांसद तथा संविधानसभाका सदस्यहरू घिसिङलाई स्वागत गर्दै थिए । सोही दिन मन्त्रिपरिषद् बैठक बस्दै थियो । बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले मन्तव्य ब्यक्त गर्दै भनेका थिए, ‘आजै बैठक बस्दै रहेछ, अप्रिय निर्णय नहोस् ।’ राक्सिराङ गाउँपालिका–९ लाई पूर्…