नेपाल पत्रकार महासंघ

मेयरको धम्कीप्रति महासंघको आपत्ति

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले पत्रकारलाई धम्क्याएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारको विषयलाई लिएर उनले सामाजिक सञ्जालमार्फत् धम्काएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघले सार्वजनिक पदधारी प्रमुखजस्तो जिम्मेवार व्यक्तिबाट पत्रकारलाई धम्की दिनु अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथि ज्यादती भएको बताएको छ । खोज पत्रकारिता केन्द्र (खोपके) का पत्रकार गोपाल दाहालले साम्पाङबारे लेखेको समाचार प्रकाशित भएप…