पार्टीभित्र दक्षिणपन्थी अवसरवाद हावी भएको एमाले नेताको ठहर

पार्टीभित्र दक्षिणपन्थी अवसरवाद हावी भएको एमाले नेताको ठहर

एमाले काठमाडौं सचिव राजेश शाक्यले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद हावी भएको बताएका छन् । सोही कारण पार्टीले स्थनीय निर्वाचनमा पराजय भोगेको शाक्यको ठहर छ ।

शाक्यले उक्त कुरा राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा बताएका हुन् । एमाले काठमाडौ महानगरपालिका १५ वडा कमिटीको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा शाक्यले पार्टीभित्र हुर्केको आत्मकेन्द्रित निर्णय र अमर्यादिन प्रवृत्तिलाई तत्काल नसुधारे सांगठनिक अराजकता बढ्ने बताएका हुन् ।

उनले भने, ‘पार्टीभित्र रहेर आफ्नो पदीय मर्यादा बिर्सने र पार्टीको योजना र कार्यक्रम विपक्षीलाई सुनाउने प्रवृत्तिको अन्त्य गरिनेछ ।’

अर्को प्रसंगमा उनले नागरिकता विधेयकले देशलाइ सिक्किमीकरण गर्ने सम्भावना रहेको बताउँदै यसलाई रोकेर पार्टीले चुनावी मुद्दा बनाउने उद्घोष गरेका छन् । नागरिकता, एमसीसी परियोजना एसपीपी सबै राष्ट्रघाती भएको शाक्यलगायतले बताए ।

तर, एमालेकै शीर्ष नेताहरु भने नागरिकता, एमसीसी र एसपीपीबारे सकेसम्म मौन बस्ने गरेका छन् ।

टिप्पणीहरू