बंगलादेशलाई भेट्न त्रिपुरेश्वरमा साँझ नेपाल र भारत भिड्ने

बंगलादेशलाई भेट्न त्रिपुरेश्वरमा साँझ नेपाल र भारत भिड्ने

काठमाडौँ जारी महिला साफ च्याम्पियनको दोस्रो सेमिफाइनल खेलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन् । साविक विजेता भारत र घरेलु टोली नेपालले फाइनलमा स्थान बनाउन साँझ साढे ५बजे दशरथ रंगाशालामा प्रतिस्पर्धा गर्ने छन् ।

यसअघि आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई फराकिलो गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ । बंगलादेशले भुटानलाई ८–० गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

बंगलादेशलाई फाइनल पुर्याउन कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । सन् २०१६ पछि पहिलोपटक महिला साफ च्याम्पियनको फाइनलमा पुगेको बंगलादेशले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेता टोलीसँग भिड्ने छ । यसअघि बंगलादेश भारतसँग ३–१ गोलले पराजित भएको थियो ।

भारत यसअघि भएका पाँचै संस्करणको विजेता टोली हो । अघिल्लो सिजनमा नेपाल फाइनलमा पुगे पनि उपाधि जित्न सकेन ।

टिप्पणीहरू